• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

फेरि गैँडा मर्‍यो

  • खबरदाता

फेरि गैँडा मर्‍यो

मंसिर १४,२०७७

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पुनः अर्को गैँडा मृत भेटिएको छ । अन्दाजी २० देखी २५ बर्षको भाले गैँडा मृत अबस्थामा भेटिएको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन ।

उत्त भाले गैँडाको निकुञ्जको कोर ईलाका मरुठ खोलाको चूरे क्षेत्रमा चूरेको घाँचबाट लडेर मृत्यु भएको आँकलन गरिएको छ । गैँडालाई यसअघि निकुञ्जबाट खटिएको उदार टोली र स्थानीय बासीन्दाको संयुक्त टिमले मंसिर १२ गते हात्ती, पशु स्वास्थ्य प्राविधिक परिचालन गरी करिब १२ घण्टाको निरन्तरको प्रयासबाट चूरेबाट खसेर परेको भाँसीबाट उद्धार गरेर बाहिर निकालिएको थियो ।

स्वास्थ चेकजाँच गर्दा गर्दन सहित खुट्टा भाचिएको पाईएको र पछाडीको भाग पूर्णरुपमा अर्धचेत अवस्थामा भेटिएकोमा थियो। बिहिवार बिहान गैंडाको मृत्यु भएको जनाइएको छ । गैँडाको खाग तथा खुर सुरक्षित रहेको छ । यो संगै चालु आर्थिक वर्ष २०७७ /७८ मा १६ वटा गैडा मरिसकेका छन् ।

  • प्रकाशित मिति : मंसिर १४, २०७७, आइतवार ०३:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८