• माघ ११, २०८१, शुक्रवार Friday, 24 January, 2025

भरतपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदिबन्दी

  • खबरदाता

भरतपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदिबन्दी

मंसिर १३ ,२०७७

चितवन । चितवनको भरतपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदी बन्दी राख्ने गरिएको छ।

क्षमता भन्दा बढी कैदी बन्दी भएपछी कारागारमा समस्या आइरहने गरेको छ । यस कारागारमा हाल दुई आश्रित बालबालिकासहित ७०२ जना कैदी बन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको महिला कारागारमा ५६ जना र २५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा ६४४ जना रहेका छन् ।

फरार कैदी अझै भेटिएनन

गत बिहीबार साँझ साँढे ५ बजेतिर कारागार कार्यालय चितवनबाट भागेका थुनुवा अझै भेटिएका छैनन।  जबरजस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका कालिका नगरपालिका २ घर भएका ४८ वर्षीय रेशमलाल श्रेष्ठ फरार भएसँगै कारागारको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । कारागारको पर्खाल नाघेर भागेका उनको खोजी कार्य तिव्र पारिएको छ ।

बेलुका ५ बजे भित्र राख्ने क्रममा श्रेष्ठ भागेको कारागार प्रशासनले जनाएको थियो। मपुर्पपक्षका लागि थुनामा रहेका उनी यस अघि इलाका प्रहरी कार्यालय टाँडिको हिरासतमा रहेका थिए । त्यहाँ पटक पटक आत्महत्याको प्रयास गर्नेगरेका उनलाई कारागार ल्याएपछि कडा निगरानी गरिएको कारागार कार्यालय प्रमुख कमल प्रसाद काफ्लेको भनाई छ ।

तर पछि विस्तारै मुढा बुन्ने काममा व्यस्त हुन थालेपछि अव सुधार हुँदै जाने अपेक्षामा कम निगरानी गरिदा घटना घटेको काफ्लेले बताए । अहिले कारागारको सुरक्षा व्यवस्था कडा पारिएको कारागार प्रशासनले जनाएको छ ।

  • प्रकाशित मिति : मंसिर १३, २०७७, शनिवार ०४:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८