मंसिर १२,२०७७
भरतपुर । शुक्रबार १० हजार ९४४ नमुनाको परिक्षण गर्दा १ हजार ७०३ जना कोरोना संक्रमित थपिएका छन् ।
आज १ हजार ७०३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १७ हजार २३७ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १० हजार ९४४ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार २९३जना रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज चितवनमा २३ र काठमाण्डौं उपत्यकामा ८२२ जना संक्रमित थपिए। हाल देशभरमा ३५४ आईसियुमा छन् भने ५४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा १२३६ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २ लाख २९ हजार ६७१ पुगेको छ। यो ९२ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा देशभरमा २३ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १४३५ पुगेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८