चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

  • खबरदाता
  • मङि्सर १२, २०७७

मंसिर १२,२०७७
भरतपुर । चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचार गराइरहेका चितवन भरपुर महानगरपालिका १७ का ७७ बर्षीय पुरुष र मकवानपुर जिल्ला, हेटौडा–१० बस्ने ५७ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

भरतपुर १७ का पुरुषमा मंसिर ३ गते कोभिड १९ को संक्रमण पुष्टि भई ५ गते ज्वोरो, खोकी र श्वासप्रश्वाशको समस्या भइ अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसीयुमा राखी उपचार हुँदैगर्दा आज विहान ५ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो।

यता हेटौडा–१० बस्ने ५७ वर्षीय महिलालाई मंसिर ८ गते संक्रमण पुष्टि भएको थियो । मंसिर ११ गते कोभिड संक्रमण सहित ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई भरतपुर सकारी अस्पतालमा भर्ना भएकि थिइन। कोभिड आइसीयुमा राखी उपचार जारी हुँदै गर्दा आज बिहान ६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

  • खबरदाता
  • प्रकाशित मिति:मङि्सर १२, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८