• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

भरतपुरको कारागारबाट कैदि फरार

  • खबरदाता

भरतपुरको कारागारबाट कैदि फरार

 

मंसिर ११,२०७७
भरतपुर । भरतपुर कारागारबाट एकजना कैदी फरार भएका छन।

फरार कैदी जबर्जस्ती करणी मुद्धामा २०७७  साउन  ४  गतेबाट कैद भुक्तान गर्दै आइरहेका थिए । उनी कालिका नगरपालिका निवासी ४५  वर्षका रेशमलाल श्रेष्ठ रहेको कारागार प्रशासनले जनाएको छ।

उनी पर्खाल नाघेर भागेको जिल्ला कारागार भरतपुरका प्रमुख कमल काफ्ले बताएका छन ।

बिहीबार साँझको दैनिकी पछि कारागारको चौरबाट भित्र पस्ने क्रममा नियमित संख्या गणना गर्दा कमि आएपछि कैदी भागेको थाहा भएको थियो। फरार कैदी श्रेष्ठको खोजी कार्य भइरहेको छ ।

  • प्रकाशित मिति : मंसिर ११, २०७७, बिहीवार १६:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८