• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवन राष्ट्रिय निकुञ्ज नजिक गैँडाको बच्चा मृत फेला

  • खबरदाता

चितवन राष्ट्रिय निकुञ्ज नजिक गैँडाको बच्चा मृत फेला

मंसिर ११,२०७७
भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज नजिकको बनमा गैँडाको बच्चा मृत फेला परेको छ ।

पुर्वी नवलपरासीको कावासोती–१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ५र६ महिनाको पोथी बच्चा मृत भेटिएको हो । भाले र पोथी गैडा गैंडा बिच समागम हुने बेला बच्चा गैंडा आएपछि भाले गैंडाले हानेर बच्चा मरेको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर प्रमुख पशुपति अधिकारीले जानकारी दिएका छन ।

पछिल्लो समय विभिन्न कारणबाट गैंडा मर्ने क्रम बढे पछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छ्न । चोरी सिकारीबाट गैँडाहरु मरेपनि मानिसहरु पक्राउ परेका छैनन् भने प्राकृतिक कारणबाट अधिक गैँडा मेरपछि कारण पत्ता लगाउन गठित समितिले बुझाएको प्रतिवेदन निकुञ्जले अझै सार्वजनिक गरेको छैन ।

निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले मृत गैंडाको ब्रम्हखाग तथा खुर सुरक्षित रहेको जनाएका छन।

यो संगै चालु आर्थिक बर्ष २०७७  /७८ देखि यता मात्र मृत्यु हुने गैँडाको सख्या १५ पुगेको छ ।

  • प्रकाशित मिति : मंसिर ११, २०७७, बिहीवार १४:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८