• फागुन २२, २०८०, मंगलवार Tuesday, 05 March, 2024

आज १६१४ संक्रमित थपीए, मृत्यु हुने १४ सय नाघे

  • खबरदाता

आज १६१४ संक्रमित थपीए, मृत्यु हुने १४ सय नाघे

 

मंसिर ११,२०७७

भरतपुर । आज ९ हजार ४९१ नमुनाको परिक्षण गर्दा १ हजार ६१४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज १ हजार ६१४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १६ हजार ७९३ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १० हजार ५७५ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार २१८ जना रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज चितवनमा ५७ र काठमाण्डौं उपत्यकामा ७८५ जना संक्रमित थपिए। हाल देशभरमा ३३३ आईसियुमा छन् भने ५६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा १४३७ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २ लाख ९ हजार ४३५ पुगेको छ। यो ९२ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा २३ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १४१२ पुगेको छ।

  • प्रकाशित मिति : मंसिर ११, २०७७, बिहीवार ११:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८