थप अपडेट : त्रिशुलीमा भ्यान खस्दा बेपत्ता मध्ये दुइ जनाको शव फेला

  • खबरदाता
  • मङि्सर ११, २०७७

मंसिर ११,२०७७
भरतपुर । बिरामी बोकेको पिकअप भ्यान त्रिशुलीमा खसेर बेपत्ता भएका ३ मध्ये २ जनाको शव फेला परेको छ ।

चालक प्युठान जिल्ला झिम्रुक गाउँपालिका १ बस्ने बर्ष २३ को सुर्य केसी र बिरामीको आमा जमुना रोक्काको शव भ्यानभित्रै रहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए । आज विहान साँढे ५ बजेतिर प्युठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गई रहेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट करिव ५०र६० मिटर तल खसेको थियो ।

चालक सहित ४ जना सवार रहेकोमा ३ जना नदीमा बेपत्ता भएका थिए । खोज्नेक्रममा २ जनाको शव फेला परेपनि विरामी छोरी बर्ष १५ की जिनिसा रोक्का अझै भेटिएकी छैनन् । बुवा ३८ वर्षीय मुकुन्द बहादुर रोक्का भने पौडिएर वाहिर निस्कन सफल भएका थिए ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८