मंसिर १०,२०७७
भरतपुर । पुर्ब युवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएपछी चितवनमा उनको उपचार भइरहेको छ। मंसिर २ गते शाह चितवन आएको बुझिएको छ । मंसिर १३ गते चितवनमा राजावादीको कार्यक्रममा सहभागी हुन उनि आएको स्रोतले बताएको छ । तर मंसिर १३ को कार्यक्रम मंसिर २० लाइ सारिएको र उक्त समय पूर्व राजा ज्ञानेन्द्र शाहा पनि चितवन आउने सम्भावना रहेको स्रोतले बताएको छ ।
निर्धारित कार्यक्रम स्थगित भएपछी शाह बिहिवार काठमाडौं जाने कार्यक्रम तय भएको थियो। नारायणगडको होटल सेन्टरप्लाममा बसेका शाहको स्वास्थ्यमा समस्या आएपछी चिकित्सकको टोलिले होटलमै गएर उपचार गरिरहेको बुझिएको छ।
अहिले मुटुरोग विशेषज्ञ डा। श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण गरिरहेको छ । शाहको ईसिजी गरिएको छ भने अन्य परीक्षण गर्ने तयारी पनि भइरहेको छ । ईसिजी र अन्य परीक्षणको रिपोर्ट आएपछि शाहलाई के भएको हो भन्ने बारे एकिन भन्न सकिने चिकित्सकहरुले बताएका छन् ।
मेडिकल कलेजमा निर्देशक दयाराम लम्सालले अलर्टमा रहन यस अघि सूचना आएको तर त्यसपछिको प्रकृयाबारे आफूलाई थाहा नभएको बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८