• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

बुधबार ३१४० निको हुँदा २८ संक्रमितले ज्यान गुमाए

  • खबरदाता

बुधबार ३१४० निको हुँदा २८ संक्रमितले ज्यान गुमाए

 

मंसिर १०,२०७७

भरतपुर । आज ९ हजार २१० नमुनाको परिक्षण गर्दा १ हजार ९४८ जना कोरोना संक्रमित थपिएका छन् ।

आज १ हजार ९४८ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २६ हजार २६ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १६ हजार ६३९ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १० हजार १८४ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ४५५ जना रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज चितवनमा ३९ र काठमाण्डौं उपत्यकामा ८३५ जना संक्रमित थपिए। हाल देशभरमा ३४५ आईसियुमा छन् भने ६३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ३१४० जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २ लाख ७ हजार ९९८ पुगेको छ। यो ९२ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा २८ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १३८९ पुगेको छ।

  • प्रकाशित मिति : मंसिर १०, २०७७, बुधवार ११:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८