• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

दुर्घटनामा परेका पुरुषको कोरोनाबाट मृत्यु

  • खबरदाता

दुर्घटनामा परेका पुरुषको कोरोनाबाट मृत्यु

 

मंसिर १०,२०७७
भरतपुर । चितवन मेडिकल कलेज भरतपुरमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका निर्देशक प्रा।डा। दयाराम लम्सालका अनुसार नवलपुर जिल्ला गैँडाकोट नगरपालिका वडानम्वर ८ का ६० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

गत कार्तिक २९ गते दुर्घटनामा परी अस्पताल भर्ना भएका उनको मंसिर २ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । आइसियू कक्षमा भेन्टिलेरको सहायतामा उपचार चल्दै गर्दा ती पुरुषको मृत्यु भएको हो ।

मेडिकल कलेजका अनुसार हालसम्म ३४ पुरुष र १७ जना महिला गरि ५१ जना कोरोना संक्रमितको उत्त अस्पतालमा मृत्यु भएको छ ।

  • प्रकाशित मिति : मंसिर १०, २०७७, बुधवार १०:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८