• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

इच्छाकामनामा स्वास्थ्य शिविर, ४७ जनाले लिए सेवा

  • खबरदाता

इच्छाकामनामा स्वास्थ्य शिविर, ४७ जनाले लिए सेवा

मंसिर ९,२०७७
भरतपुर । लायन्स क्लव अफ भरतपुर युथ र लियो क्लव अफ भरतपुर युथको आयोजनामा इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कार्यक्रममा ४७ जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लव अफ भरतपुर युथका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । परीक्षण कार्यक्रममा मधुमेह जाँच र प्रेसर जाँच गरिनुका साथै अन्य स्वास्थ्य परामर्श दिइएको थियो । सामुदायिक स्वास्थ्य इकाई, इच्छाकामना– ७ भालुमारामा आयोजित कार्यक्रममा १४ जनामा मधुमेह र ६ जनामा उच्च रक्तचाप देखिएको बताए ।

मधुमेहका बिरामीमध्ये ५ जनाले पहिल्यैदेखि औषधी खाइरहेको, ६ जनालाई औषधी दिइएको र ३ जनालाई अस्पताल रिफर गरिएको छ । उच्चरक्तचापका बिरामी मध्ये २ जनालाई औषधी दिइएको र बाँकी ४ जनाले पहिल्यैदेखि औषधी खाइरहेको अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

  • प्रकाशित मिति : मंसिर ९, २०७७, मंगलवार १४:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८