• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

चितवनबाट नेकपा विप्लवका कार्यकर्ता पक्राउ

  • खबरदाता

चितवनबाट नेकपा विप्लवका कार्यकर्ता पक्राउ

 

मंसिर ९ ,२०७७
भरतपुर । प्रतिबन्धित नेकपा विप्लव समुहका एक जना कार्यकर्ता चितवनबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपलिका वडा नं. ११ बस्ने प्रकाशचन्द्र ढकाल रहेका छन् ।

मंसिर ७ गते विशेष सुचनाको आधारमा भरतपुर महानगरपालिका वडा नं। ६ बुद्धचोकबाट शंकास्पद अवस्थामा फेला पारी हंसिया हथौडा अंकित झण्डा ३ थान, सातौ पार्टि पुनर्गठन दिवश भव्य रुपमा मनाऔं लेखिएको ब्यानर, रसिद ठेली, पम्प्लेट, केही किताव तथा दस्ताबेज सहित पक्राउ गरिएको र म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : मंसिर ९, २०७७, मंगलवार ११:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८