• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

आज १७९० संक्रमित थपिँदा २७९१ निको भए

  • खबरदाता

आज १७९० संक्रमित थपिँदा २७९१ निको भए

 

मंसिर ९,२०७७

भरतपुर । मंगलबार १० हजार ८४३ नमुनाको परिक्षण गर्दा १ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन् ।

आज १ हजार ७९० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १७ हजार ८५९ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ६ हजार ५१८ रहेको छ भने संस्थागत आइसोलेसनमा ११ हजार ३४१ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

आज चितवनमा २२ र काठमाण्डौं उपत्यकामा ९४७ जना संक्रमित थपिए। हाल देशभरमा ३९३ आईसियुमा छन् भने ५७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा २७९१ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । यो ९१ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा २४ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १३६१ पुगेको छ।

  • प्रकाशित मिति : मंसिर ९, २०७७, मंगलवार ११:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८