• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

ट्रम्पद्वारा बाइडनलाई सत्ता हस्तान्तरण गर्न स्वीकार


ट्रम्पद्वारा बाइडनलाई सत्ता हस्तान्तरण गर्न स्वीकार

मंसिर–९, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका छन् ।

उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) लाई ’गर्नुपर्ने आवश्यक काम गर्न’ सिफारिस गरेको बताए ।

तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ । जिएसएले पनि बाइडनलाई ’स्पष्ट विजेता’को रूपमा आफूले स्वीकार गरेको जनाएको छ ।

अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै मत परिणामलाई चुनौती दिने डोनल्ड ट्रम्पको प्रयासमा गम्भीर धक्का लागेको छ । जिएसएले बाइडन समूहलाई प्रक्रिया सुरु गर्ने भनी जानकारी दिएपछि ट्रम्पले ट्वीट गरेका छन् ।

ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन् । उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको जनाएकी छन् ।

बाइडनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरूसँगको बैठकहरूपछि सत्ता हस्तान्तरण सुरु हुने कुरा वक्तव्यमार्फत् जनाएको छ । उसले मर्फीको पत्रको स्वागत गरेको छ ।
ट्रम्पलाई धक्का लागेको मिशिगन राज्यको मत परिणाम घोषणालाई अन्तिम रूप दिन त्यहाँको दुईमध्ये एक रिपब्लिकनले दुईजना डेमोक्र्याटलाई साथ दिएका थिए ।

अर्का रिपब्लिकन भने त्यसबाट अलग्गिएका थिए । ट्रम्पको कानुनी समूहले अझै पनि मिशिगनको परिणामलाई चुनौती दिने बताएका छन् । –विविसीबाट

  • प्रकाशित मिति : मंसिर ९, २०७७, मंगलवार ०२:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८