• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आगलागीबाट कालिकामा एक घर जलेर नष्ट

  • खबरदाता

आगलागीबाट कालिकामा एक घर जलेर नष्ट

चितवन, मंसिर ९, २०७७

भरतपुर । चितवनको कालिका नगरपालिका वडानम्वर ५ मा आगलागि हुँदा एउटा घर पुर्णरुपमा क्षति भएको छ ।

सोमबार साँझ करिव ७ बजेर ४० मिनेटमा स्थानीय हिमबहादुर अधिकारिको घरमा आगलागी भएको स्थानीय शिवालय टोल विकास संस्थाका अध्यक्ष आशिष भट्टराइले जानकारी दिए ।

राति करिव १० बजेर तिर मात्र आगो नियन्त्रणमा आएको थियो । दमकल ढिलो पुग्नाले क्षती बढि भएको र एउटा गाईको बाच्छी पनि मरेको छ । गाई र वाख्रा समेत सोही घरमा पाल्दै आएका अधिकारीका अन्य गाई र वाख्रा समेत जलेर घाइते भएका छन् ।

अचानक आगलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको र पशु चौपायमा क्षती पुगेको वडाअध्यक्ष जियन महतोले जाननकारी दिए । करिव साँढे २ लाख बढि क्षती भएको भट्टराइले जानकारी दिए पनि आज प्रहरीले विवरण संकलन गरेपछी मात्र क्षतिको यकिन हुने जनाइएको छ । काठ नै काठले बनेको घर भएकाले पनि आगो नियन्त्रणमा समस्या भएको थियो ।

वडाअध्यक्ष महतोका अनुसार अधिकारीको २ वटा गाइको माउ डडेको, वाच्छी २ वटा, बाख्रा माउ २ वटा, मकै सात क्वीन्टल, धान एक क्वीन्ट र भटमास एक क्वीन्टल, काठको सामाग्री लगायत जलेको छ ।

  • प्रकाशित मिति : मंसिर ९, २०७७, मंगलवार ०१:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८