• असोज २, २०८१, बुधवार Wednesday, 18 September, 2024

आज १९८० संक्रमित थपीए , निको हुने २ लाख नाघे

  • खबरदाता

आज १९८० संक्रमित थपीए , निको हुने २ लाख नाघे

 

मंसिर ८,२०७७

भरतपुर । सोमबार १० हजार ३८१ नमुनाको परिक्षण गर्दा १ हजार ९८० जना कोरोना संक्रमित थपिएका छन् ।

आज १ हजार ९८० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १८ हजार ८८४ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १२ हजार २७१ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ६१३जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

आज चितवनमा ३६ र काठमाण्डौं उपत्यकामा १००७ जना संक्रमित थपिए। हाल देशभरमा ३६५ आईसियुमा छन् भने ६३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ३०४३ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २ लाख २ हजार ६७ पुगेको छ । यो ९०।९ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १६ जनाको मृत्यु भएकोे छ । योसंगै  मृत्युहुनेकोे जम्मा संख्या १३३७ पुगेको छ।

  • प्रकाशित मिति : मंसिर ८, २०७७, सोमवार ११:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८