• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

निकुञ्जले पक्राउ गरेका गाउँलेलाई स्थानीयले जबरजस्ती छुटाए

  • खबरदाता

निकुञ्जले पक्राउ गरेका गाउँलेलाई स्थानीयले जबरजस्ती  छुटाए

मंसिर ८ ,२०७७

भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर कार्यालय अमलटारीले पक्राउ गरेका ३२ जनालाई स्थानीय गाउँलेले जबर्जस्ति छुटाएका छन। उनिहरुलाई शनिबार राति निकुञ्जले घरघर गएर पक्राउ गरेको थियो ।

पक्राउ परेका स्थानीय गुन्द्रही ढकाहा मध्यवर्ती क्षेत्रका बासिन्दा थिए । तर आफन्तलाई पक्राउ गरेपछि गाउँलेहरु कार्यालयको गेट भत्काएर उनीहरूलाई छुटाएका छन् ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान गर्न र कारबाही गर्न कसरा पठाउने भएपछि त्यहाँका बोटे माझीले निकुञ्ज कार्यालय घेराउ गरेर उनीहरुलाई बाहिर निकालेका हुन् ।

कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले माछा मार्न गएका गाउँलेलाई तस्करको आरोप लगाएर पक्राउ गरेको विरोधमा स्थानीयहरुले निकुञ्ज कार्यालय घेराउ गरेर सबैलाई मुक्त गरेको बताए।

निकुन्ज कार्यालय पश्चिम सेक्टर कार्यालयले उनीहरुलाई निकुन्जभित्रैबाट पक्राउ गरिएको जानकारी दियो । माछा मार्ने बहानामा निकुञ्जभित्र प्रवेश गरेका र त्यहीँ रात बिताएको अवस्थामा उनीहरुलाई गस्ती टोलीले पक्राउ गरेको निकुञ्ज कार्यालयको भनाइ छ ।

यता चितवन राष्ट्रिय निकुञ्ज चितवनले उनीहरुलाई पुन पक्राउ गर्ने जानकारी दिएको छ । मंसिर ६ गते रातको १२ः१५ बजे निकुञ्जको कोर इलाका नारायणी नदीको गोहिघाट आईल्याण्ड क्षेत्रबाट गैरकानूनी तवरबाट निषेधित तयारी जाल ९ गोहि तथा जलचारलाई अत्यन्त घातक जाल० प्रयोग गरि निषेधित समयमा माछा मार्ने तथा झुप्रा बनाई संवेदनसिल क्षेत्रमा बसेर शंकास्पद गतिविधीमा संलग्न देखिएकोले पक्राउ गरिएको जनाएको हो ।

निकुञ्जको फेसबुक पेजमार्फत दिइएको जानकारी अनुसार पक्राउ परेका ३१ जनालाई स्थानीय प्रतिनिधीहरुसमेतको सहयोग तथा उक्साहटमा निकुञ्ज सेक्टर कार्यालयमा तोडफोडको प्रयास गरी हुलहुज्जत गरी भगाएका भनिएको छ । पक्राउ परेकाहरु यस आ।व।मा गैँडा चोरी शिकार भएको क्षेत्रकै घाटबाट अवैध क्रियाकलापमा संलग्न रहेकोले पक्राउ गरिएको र घटनाको विषयमा जाचबुच तथा आवश्यक सोधपुछसमेत गर्न नदिईकनै हुलहुज्जत गरी भगाउदा सो क्षेत्रमा सुरक्षा चूनौती थपिएको निकुञ्जले भनेको छ ।

सो घटनामा माछा मार्न मात्र नभएर चोरि शिकारीलाईसमेत नदीमा वारपार गराउन प्रयोगमा ल्याइएको आशंका गरिएका १३ वटा डुङ्गाहरु समेत नष्ट गरिएको छ । मध्यरात र चिसोे जाडो मौसममा समेत निषेधित तथा गैँडाको बासस्थान र संवेदनशिल क्षेत्रमा माछा मार्ने निहुँमा भएको उक्त प्रवेशले सो क्षेत्रमा थप सुरक्षा निगरानी बढाईएको छ । पक्राउ परेर भागेका मध्य २ जना मध्यविन्दु नगरपालिका ३ का र अन्य २९ जना कावासोती नगरपालिका वडा नं १५ का बोटे ,माझि र मुसहर रहेको र निजहरुलाई यथासक्य चाडो खोजी गरि पुन कानुनी दायरामा ल्याई आवश्यक अनुसन्धान तथा कारबाही अगाढी बढाईने छ । निकुञ्जले भनेको छ ।

  • प्रकाशित मिति : मंसिर ८, २०७७, सोमवार ०१:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८