बैठकमा होहल्ला गर्नेहरुलाई अराजक भन्दै कारबाहीको माग

  • खवरदाता
  • मङि्सर ०७, २०७७

मंसिर–७, २०७७

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा राप्ती नगर कमिटीले शनिवार नेता सुरेन्द्र पाण्डेले मन्तव्य राखिरहेको समयमा नाराबाजी गर्नेलाई कारवाहीको माग गरेको छ । आयोजक समेत रहेको नगर कमिटीका अध्यक्ष एवम नगरपालिकाका उपप्रमुख इमानसिँह लामा र सचिव रामचन्द्र पाठकद्धारा हस्ताक्षर गरी जारी विज्ञप्ती मार्फत कडा भन्दा कडा कारवाहीको माग गर्दै जिल्ला कमिटीलाई सिफारिस गरेको जनाइएको छ ।

स्थायी कमिटी सदस्य तथा चितवन निर्वाचन क्षेत्रनम्वर १ का प्रतिनिधि सभा सदस्य पूर्व अर्थमन्त्री सुरेन्द पाण्डेले मन्तव्य राखिरहँदा पार्टीका कार्यकर्ताले नाराबाजी गरेका थिए । नाराबाजी गर्नेहरु कमिटी भन्दा बारिहका रहेको, अराजक व्यक्तिहरुले बैठक विथोल्न खोजेको र उक्त विरोध निर्देशीत रुपमा गरिएको भन्दै उक्त कार्य गर्ने गराउनेलाई कारबाहीको माग गरिएको छ । साथै विभिन्न संचारमाध्यममा आए जसरी पाण्डे प्रति कुनै अभद्र व्यवहार नभएको र कार्यक्रम पनि नविथोलिएको दावी गरिएको छ ।

  • खवरदाता
  • प्रकाशित मिति:मङि्सर ०७, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८