• असोज १७, २०८०, बुधवार Wednesday, 04 October, 2023
jutta

कोरोना भाईरस विरुद्धको खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन


कोरोना भाईरस विरुद्धको खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन

मंसिर–७, २०७७

अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् ।

उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले गर्नेछ । एफडिएबाट अनुमति प्राप्त गरेमा औषधिको प्रयोगका लागि सुरक्षित मानिने छ । उक्त खोपको परीक्षण सम्बन्धी तथ्याङ्क अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन । यद्यपि अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ ।

अन्तिम चरणका परीक्षणका तथ्याङ्कले ६५ वर्ष उमेर माथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ । यूकेले उक्त खोपको चार करोड मात्रा मगाइसकेको छ । जुन महिना यता पहिलोपटक त्यहाँ एकै दिनमा दुई हजार भन्दा बढीको मृत्यु भएको थियो ।

यदि एफडीएले डिसेम्बरको आधा सम्ममा स्वीकृति दियो भने फाइजर र बायोएनटेक केही घण्टाभित्रै खोप वितरण गर्न तयार भएको उनीहरूले बताएका छन् । विश्वव्यापी महामारी बनेर फैलिएको यो कोरोना भाइरसको आनुवांशिक संरचना थाहा भएको १० महिनामै खोप विकासको यो कामलाई ठूलो उपलब्धि मानिएको छ ।

फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन ‘विश्वलाई कोभिड–१९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा’ भएको टिप्पणी गरे । सुरुमा खोपको मात्रा अपर्याप्त हुने हुँदा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसीपी) ले कसलाई पहिला दिने भन्ने निधो गर्नेछ ।

  • प्रकाशित मिति : मंसिर ७, २०७७, आइतवार ०१:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८