• असोज २६, २०८१, शनिवार Saturday, 12 October, 2024

राप्ती घटनामा नेपालको आपत्ती, घटना सुनुयोजित

  • खवरदाता

राप्ती घटनामा नेपालको आपत्ती, घटना सुनुयोजित

मंसिर–६, २०७७

चितवन । चितवनको राप्ती नगरपालिकामा सुरेन्द्र पाण्डे माथि भएको घटनाको विरोधमा नेकपाका नेता माधव कुमार नेपालले विज्ञप्ती निकालेका छन् । आफ्नै जिल्लामा भएको कार्यक्रममा अनाधिकृत रुपमा व्यक्तिहरु प्रवेश गरेको र उक्त कार्य गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारवाही गर्न उनले माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु ।

सभ्य, सुसककस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

  • प्रकाशित मिति : मंसिर ६, २०७७, शनिवार ११:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८