• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भरतपुर महानगरको विकास खर्च करिव १२ प्रतिशत नजिक

  • खवरदाता

भरतपुर महानगरको विकास खर्च करिव १२ प्रतिशत नजिक

मंसिर–६, २०७७

चितवन । जिल्लाको एकमात्रै महानगरपालिका भरतपुरले चालु आर्थिक वर्ष २०७७÷०७८ को साउन १ देखि असोज मसान्त सम्म करिव १२ प्रतिशत विकास खर्च गरेको छ । महनगरपालिकाले जारी गरेको जानकारीमूलक पुस्तिकामा सो जानकारी दिइएको हो । चालु आर्थिक वर्षको श्रावण १ गते देखि असोज मसान्त सम्मको विवरण समावेश गरेर महानगरपालिकाले जारी गरेको तथ्याङ्क अनुसार पूँजीगत तर्फ महानगरपालिकाले १ अर्ब ८१ करोड ११ लाख ५५ हजार बार्षिक बजेट रहेपनि असोज मसान्तसम्म २१ करोड १२ लाख २९ हजार खर्च गरेको हो । जुन ११ दशमलव ६७ प्रतिशत हुन आउँछ । पूँजीगत खर्चको तुलनामा महानगरपालिकाले चालु खर्च भने बढाएको छ । चालुतर्फ बार्षिक बजेट १ अर्ब ८३ करोड ६४ लाख ३८ हजार रहेकोमा महानगरपालिकाले ३१ करोड ४ लाख २० हजार खर्च गरेको छ । जुन पूँजीगत खर्चको तुलनामा ५ दशमलव २४ प्रतिशतले बढि हो । महानगरपालिकाले १६ दशमलव ९० प्रतिशत खर्च गरेको छ ।

महानगरपालिकाको कुल वार्षिक बजेट ३ अर्ब ६४ करोड ७५ लाख ३३ हजार रहेकोमा तीन महिनाको अवधिमा चालु र पूँजीगत गरी ५२ करोड १६ लाख ४९ हजार मात्रै खर्च गरेको जनाएको छ । जुन कुल बजेटको १४ दशमलव ३० प्रतिशत रहेको छ ।

नगरपालिकाले यही अवधिमा ९ करोड ९६ लाख ७८ हजार १३८ रुपैयाँ आम्दानी गरेको छ ।
सवैभन्दा धेरै अन्य दस्तुर शीर्षकबाट महानगरपालिकाले ३ करोड ७२ लाख ९ हजार ५३७ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै सम्पति करबाट १ करोड ४७ लाख ४२ हजार ६६७, भूमिकर तथा मालपोतबाट १ करोड १० लाख ८४ हजार १३७, घरबहाल करबाट १ करोड ८३ लाख ७९ हजार ६३१, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट १ करोड ८१ लाख ९५ हजार ४ सय रुपैयाँ आम्दानी गरेको छ । यो सहित महानगरपालिकाले चालु आर्थिक बर्ष २०७७÷०७८ मा २१ वटा शीर्षकहरुबाट उक्त आम्दानी गरेको हो ।

महानगरपालिकाले चालु आर्थिक वर्षको चौमासिकमा २ वटा कार्यविधि, १ वटा निर्देशीका र २ वटा मापदण्ड पारित गरेको जनाएको छ । भरतपुर महानगरपलिकाको स्वीकृत दरबन्दी ३३५ रहेपनि हाल ६०० जना कार्यरत रहेका छन् ।

  • प्रकाशित मिति : मंसिर ६, २०७७, शनिवार ११:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८