• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे कार्यक्रम स्थलबाटै लखेटिए !

  • खवरदाता

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे कार्यक्रम स्थलबाटै लखेटिए !

मंसिर–६, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे उपस्थित कार्यक्रममा उनको विरुद्ध नारा लागेको छ । चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले कार्यक्रममा बोल्नै नदिएर नाराबाजी गरेका थिए ।

विरेन्द्रनगर आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिएको थियो तर पाण्डेले विकास निर्माणको नभई केन्द्रमा भएको राजनीतिक विवादलाई लिएर एक पक्षीय बोलेपछि कार्यकर्ताले विरोध गरेका थिए । \

प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु लगाउदै आएको भन्दै कार्यकर्ताले गुटको राजनीतिक नगर्न चेतावनी दिँदै कार्यक्रममै विरोध जनाएका थिए । विरोध पछि प्रहरीले सुरक्षा दिँदै कार्यक्रमबाट बाहिर लगेका थिए ।

  • प्रकाशित मिति : मंसिर ६, २०७७, शनिवार १०:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८