• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सरसफाई देखि गर्भवतीजाँचमा चेपाङहरु सक्रिय

  • खवरदाता

सरसफाई देखि गर्भवतीजाँचमा चेपाङहरु सक्रिय

मंसिर–५, २०७७

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडानम्वर १ कादिपक चेपाङले १६ वर्षमै विहे गरे । अहिले २९ बर्षमा उनका ३ सन्तान छन् । “सानैमा बिहे गरियो तर अहिले छोराछोरीलाई भने पढाएको छु । शिक्षाकै कमीले चेपाङहरु पछि परेको मैले बुझेको छु” उनले भने । अहिले उनिआफै पनि चेपाङ युवायुवतीलाई उमेर नपुगीविहे गर्नु हुन्नभनेर सम्झाउँछन् । अहिले २० बर्ष नपुग्दै विवाह गर्नुहुन्नभन्ने सन्देश त्यहाँका चेपाङहरुमा छ । कुनै बेला विरामी हुनासाथ डोको, डोलामाबोकेर विरामीलाई उपचारकालागि लैजानुपर्ने वाध्यतामा रहेका चेपाङहरुलाई गाउँपालिकाले सडक पुर्याइदिएपछि भने सजिलो भएको छ । उनकाअनुसार गम्भीर बिरामीहरुलाई एम्वुलेन्स बोलाएर भरतपुर काठमाण्डौ लगिने गरेको छ । दलबहादुर चेपाङले काँक्रो खेतीगर्ने,ज्यालामजदुरी गर्दैै परिवार धानेका छन् । पहिला भन्दा अहिले धेरै परिवर्तन भएको बताउँदै अहिले घर सरसफाई देखि मानिसहरुमा चेतना बढेको छ । वालवालिकापनि विद्यालय जान थालेका छन् । सपना भिलेज सोसियल इम्प्याक्ट सौराहाले सवै यात्राको सुरुवात एक सपनाबाट हुन्छ भन्ने परियोजना संचालन गरेपछि अहिले चेपाङहरुमा चेतना बढेको हो । विशेष गरी चेपाङ समुदायको सामाजिक आर्थिक उन्नतीगर्न प्रतियोगिताहरु संचालन गर्ने र मनो वैज्ञानीक परिवर्तन गराउने परियोजनाको उद्देश्य रहेको कार्यक्रम निर्देशक सुजन बस्नेत बताउँछन् ।

सोममाया चेपाङका १० सन्तान छन् । तर अहिले ४ जना नियमित विद्यालय जान्छन् । सानै उमेरमा विवाह गरेकी उनले अस्पतालमा नजचाएरै सन्तान पाएकी हुन । त्यतिवेला स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने थाहा भएन अहिले त हामीले नियमित जाँचगर्न गर्भवती भएका नानीहरुलाई पठाउछौँ उनले भनिन् । काँक्रो सागपात मकै कोदो फलाएर जीवनगुजारा गर्दै आएकी उनले पानीको समस्या रहेको बताउँछिन । तर पनि वालवालिकालाई नियमित विद्यालय पठाउन र विरामी भए धामी झाँक्री नभई स्वास्थ्य संस्था पठाउन थालिएको बताउँछिन । रामकुमारी चेपाङले पनि पहिला १४ बर्षमै विहे हुने भएतापनिअहिले त्यसमा सुधार भएको बताउँछिन् । परियोजनाले सुविधासँगै चेतना बढाएको उनको भनाई छ ।

दिलमाया चेपाङको साथमा सानो बच्चा छ । आफू गर्भवती हुँदापनि नियमित स्वास्थ्य जाँच गराएको र बच्चालाई पनि सुई लगाउन नछुटाएको बताउँछिन् ।
परियोजनाकी कर्मचारी चन्द्रा पुरी विगत सम्झदै त्यतिवेलाको चेपाङ बस्ती र अहिले धेरै परिवर्तन भएको बताउँछिन् । सत् प्रतिशत परिवर्तन हुनवाँकी छ तर परियोजना सुरु अगावै र अहिले धेरै नै सुधार भएको बताउँछिन् । सुरुमा भने सम्झाउन नै निकै कठीन भएको बताउँदै बिरामीभए सर्पले टोके पनि धामी झाँक्रीमा विश्वास गर्ने उनिहरु अहिले स्वास्थ्य संस्था जान थाल्दा आफूलाई पनि सन्तुष्टि हुने पुरीको भनाई छ । गाउँमा गएर सानो उमेरमा विहे नगर्न,सानै उमेरमा विहे गर्दा आमा बच्चालाई हुने असरबारे बुझाउने, झाडा पखला लाग्न नदिन फोहोर मैला सफा सुग्गर राख्नथालेका छन् । विद्यालय पठाउने,शौचालय बनाउन लगाउने,बाख्राको खोर सफा राख्ने, सुधारीएको चुल्हो बनाउन लगाउने कार्यमा निरन्रत लागेपछि अहिले सुधार भएको उनले भनाई छ ।
काउले स्वास्थ्य चौकीमा कार्यरत अनमी बसुन्धरा पराजुलीले चेपाङहरु स्वास्थ्य संस्थामा आउन थालेको बताउँछिन् । स्वास्थ्य संस्थामै सुत्केरी गराउने बढेका छन् भने ५ जना कर्मचारी कार्यरत स्वास्थ्य चौकीबाट जन चेतनासँगै स्वास्थ्य सेवा प्रदान गरिदै आएको उनले बताईन । तर एम्वुलेन्स नहुँदाभने समस्या छ । ठूलै बिरामी भए तल बजारबाट एम्वुलेन्स जानुपर्ने वाध्यता र वर्षामा पानीपर्दा पहिरो गएर बाटो बन्दहुने समस्याले भने सजिलै स्वास्थ्य सेवा पाउन त्यहाँका स्थानीयले सकिरहेका छैनन् । स्वास्थ्यचौकीको सेवा सहजै पाएपनि ठूलो अस्पतालको सेवा आवश्यक परेमा कठिन नै छ ।

परियोजना सुरु भएपछि अहिले प्रत्येक घरमा करेसावारी बनाउने त्यसका लागि वीउ वितरण गरिएको छ । महिलाहिँसा हुन नदिन जाँड रक्सी प्रयोग गर्ने घरपरीवारलाई परियोजनामा समावेश नगरिने नियम रहेको छ । आर्थिक उन्नतीका लागि माटो परीक्षण गरेर सुन्तला र कागतीको विरुवा वितरण भएको छ । अव चाँडै प्रसस्त चरन क्षेत्र रहेकाले बोयर जातको बाख्रा वितरण गर्ने योजना रहेको परियोजना संचालक संस्था सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताउँछन् । ६६५ घरधुरी रहेको उक्त वडाको विकासका लागि गाउँ पालिकासँग मिलेर परियोजनाले काम गरिरहेको गिरीले बताउँछन् ।

गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले सपना भिलेजले गाउँपालिका वडानम्वर १ लाई परिवर्तन गराउन एउटा सपना लिएर आएकोले कामगर्न अनुमति दिएको बताउँदै अहिले समुदायमा आएको परिवर्तनले खुसी मिलेको बताउँछिन् । ३ वर्षसम्म चल्ने परियोजनाले सीप सिकाएर छोड्नेमा आफू विश्वस्त रहेको गुरुङले बताईन । उनकाअनुसार गाउँपालिकाको सवै वडामा चेपाङहरु रहेको र ९३ प्रतिशत वडानम्वर १ मा छन् ।

सामाजिक, मानसिक आर्थिक परिवर्तन भएको दावीगर्दै अध्यक्ष गुरुङले चेपाङहरु विद्यालय जान नचाहाने नसक्नेहरु विद्यालय गएका छन् । अभिभावक सचेत छन् । गरेर खानुपर्छ भन्ने भावनाको विकास भएको र फलफूलको विरुवा लगाउने लगनशील भएर लागिरहेको आफूले पाएको बताईन । आगामी आर्थिक वर्षसम्म गाउँपालिकाका सवै वडामा विद्युत पुर्याउने बताउँदै गुरुङले भएका समस्या समाधानगर्दै जाने जानकारी दिईन । परियोजनासँग बुँदागत सम्झौता गरेर कार्यक्रम जारीरहेको छ । २ वर्षको अवधिमा लाग्दैगर्दा सामाजिक परिवर्तनमा सँगै मिलेर कामगर्ने भावनाको विकास भएको, बाँझाबारीहरु खालीनरहेको, माटो र हावापानी सुहाउँदा ६ हजार ५०० वोटविरुवा बाँडिएको ,घरहरु सफा,चर्पीहरु सफा, सवैले घर पोतेर सरसफाई, लिपपोत गरेर सफा सुग्गर राख्ने गरेको पाएको बताउँदै परियोजना समाप्ती सँगै चेपाङ समुदायको आयस्तर वृद्धि हुने आशा व्यक्त गरेका थिए ।

  • प्रकाशित मिति : मंसिर ५, २०७७, शुक्रवार १२:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८