मंसिर–५, २०७७
चितवन । माडी नगरपालिका ५ नयाँपिपरियाका युवा सक्षम बरालले मेडिकल ड्रोन बनाई उडानको सफल परीक्षण समेत गरेका छन् ।
प्रविधिजन्य विभिन्न मोडेलहरु तयार गरी प्रदर्शन गर्दै आएका बरालले ड्रोन बनाई सफल उडान गरेका हुन । उनले बनाएको ड्रोनले मेडिकल वा अन्य सामग्रीहरु बोक्न सक्ने तथा क्यामेरा जडान गरी फोटो र भिडियो समेत खिंच्न सकिने छ । माडी नगरप्रमुख ठाकुर ढकाल, प्रमुख प्रशासकिय अधिकृत पुष्पराज ढकाल, वडाध्यक्ष रामबन्धु पोख्रेल, दिवाकर स्मृति विद्यालयका अध्यक्ष ओवनाथ पाण्डे एवं परिवारजन र सञ्चारकर्मीहरुको उपस्थितिमा बसन्तपुरस्थित दिवाकर रंगशालाको चौरमा ड्रोनको सफल परीक्षण गरिएको थियो ।
बरालले यसअघि रिमोटबाट चल्ने हवाईजहाजको नमुना र हाइड्रोलिक प्रविधिबाट जे.सि.बी. डोजरको नमुना निर्माण गरी परीक्षण समेत गरेका थिए । यसपटक ड्रोन बनाउन बराललाई माडी नगरपालिका र दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको आर्थिक एवं प्राविधिक सहयोग गरेको थियो । एस.इ.इ. तहसम्म दिवाकर स्मृति विद्यालयमा अध्ययन गरेका बराल हाल भरतपुरस्थित अंकुरम एकेडेमीमा कक्षा ११ मा कम्प्युटर साइन्स विषय पढिरहेका छन्् । आफै प्रेरित भएर ड्रोन बनाएको उनि बताउँछन् । परीक्षण सफल भएपछि खुसि हुँदै सक्षमले भने,“सेल्फ मोटिभेट भएर बनाएको र चाँडै भरतपुरमा पनि यसको उडान गरी देखाउँछु ।” आफूलाई यो ड्रोन बनाउन ३ दिन लागेको उनले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८