• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

निको भएका संक्रमितलाई भरतपुरको १० नं. वडा कार्यालयमा प्रवेश निषेध !


निको भएका संक्रमितलाई भरतपुरको १० नं. वडा कार्यालयमा प्रवेश निषेध !

वडा अध्यक्ष अरुण पीडित भण्डारीको दस्तखतको लागि सेवाग्राहीहरु बिहान ११ बजेबाट दिउँसो ४ बजे सम्म पर्खन बाध्य छन।

केपी शर्मा
कार्तिक २८,२०७७
‘कोरोना संक्रमितलाई हेला नगरौ , माया गरौं ‘ भनेर प्रत्येक दिन स्वास्थ्य मन्त्रालयले फुकिरहँदा भरतपुर महानगरपालिका वडा न , १० को कार्यालयमा भने कोरोना निको भएकाहरुलाई प्रवेश निषेध बराबरको ब्यबहार गरिंदै आएको छ ।

कोरोना  नेगेटिभ  रिपोर्ट आएपछि बीमा दाबी गर्ने लगायतका आवश्यक कागजपत्र निकाल्न र प्रमाणित गराउन जाने सेवाग्राहीलाई त्यहाँका कर्मचारीले तपाइँ संक्रमीत किन आएको ?  कार्यालय भित्र किन प्रवेश गरेको ?  जस्ता तल्लो स्तरका शब्द प्रयोग गर्ने गरेका छन् ।

खबर मुलुक डट कमका प्रधान सम्पादक टीकादत्त तिमिल्सिना केहि समय अघि कोरोना संक्रमित भइ निको भएपछी बीमा दाबी लगायतका कागजपत्र प्रमाणित गराउन जाँदा कर्मचारीले असामान्य व्यबहार देखाएका हुन् ।

कर्मचारीको ब्यबहार यस्तो देखिन्थ्योकि कोरोना निको भएका सेवाग्राही उनीहरुलाई कोरोना सार्न आइरहेका छन्।

कागजपत्र के के चाहिन्छ ? भनेर बुझ्ने क्रममा कर्मचारी अरुण थापाले संक्रमित को हो ?  भनेर सोधे । तिमिल्सिनाले ‘म आफै हो’ भने  त्यती भन्नासाथ थापाले तिमिल्सिनाको सातो लिउँलाझैँ गरि भने ‘तपाइँ संक्रमीत किन आएको ?’  तिमिल्सिनाले भने ‘मलाई ठिक भएकोनै ७ दिन भइसक्यो ।’ तर थापा रोकिएनन् उनले थपे , ‘ अहिले अध्यक्ष ज्युले थाहा पाउनु भयो भने हामीलाई गाली गर्नुहुन्छ ।’

यसपछि हामीले वडा नम्वर १० का अध्यक्ष अरुण पीडित भण्डारीलाइ फोन गर्‍यौँ । भित्रबाट सबै कुरा सुनिरहेका भण्डारीले मोबाइल फोनमै भने ‘जेसुकै भएपनि आज म तपाइँको काम गर्न सक्दिन । त्यति भन्दै उनले फोन काटे।’

यसपछि हामीले अन्य सेवाग्राहीका पनि समस्या छ कि ? भनेर बुझ्ने प्रयास गर्‍यौँ । भरतपुरकै २८ वर्षिय एक पुरुष कोरोना संक्रमित भएको प्रमाणित गराउन आएको ३ दिन भइसकेको रहेछ। प्रत्येक दिन एक एक बाहनामा काम नसकिदिएको उनको पनि गुनासो थियो । उनले भने, ”प्रत्येक दिन नयाँ नयाँ कुरा लेउ भन्छन् । कमसेकम एकैपटक भने पनि सजिलो हुने थियो नि।”

कार्यालयमा बीमा दाबीका लागि कोरोना भएको प्रमाणित गराउन आउनेको भिडभाड निकै देखिन्छ ।तर न त कुनै  सहजीकरण छ न त बाहिर आवस्यक कागजात सम्बन्धि सूचना नै टाँस गरिएको छ।

अर्की कर्मचारी सकुन्तला घिमिरे ,उनी कागजपत्र प्रमाणित गरेको पैसा बुझ्ने गर्छिन । उनीसँग पनि कसरी बोल्ने भन्ने तमिज नै छैन । कुनै कुराको उत्तर दिन्नन्। बोलिहाले पनि खरो शब्द प्रयोग गर्छिन् । घिमिरे कर्यालय सहयोगि हुन् । उनी नेकपाकै नेताकी भान्जी भएकोले त्यो कामको जिम्मेवारी दिइएको कर्मचारीहरु बताउँछन्।

काम गर्दै गर्दा १० मिनेट भनेर बाहिरीएकी उनी ३ घन्टा पछी मात्रै कार्यालय आइन्। किन ढिला आइन भनेर बुझ्दा उनी सपिङ गर्न बजार गएकी रहिछन्।

वडा नम्वर ,१० कार्यालयका कर्मचारी सबै आफूलाइ हाकिम सरह सम्झन्छन् । उसो त वडा अध्यक्ष भण्डारी पनि कार्यालयमा १० बजे देखा परेर कुलेलम ठोक्छन्। एउटा दस्तखतको लागि सेवाग्राही अबेर सम्म पर्खन बाध्य हुन्छन् ।

उनलाई कसैले फोन गरे रिसिभ नै गर्दैनन । फोन उठाइहाले भने पनि ‘बाहिर काममा’ भन्छन्। उनीआफू महानगरपालिकाको प्रबक्ता भएकोले ब्यस्त भएको भन्न समेत रुचाउँछन्।

महानगरको मुटु त्यसमाथि पनि मथिल्लो तहका जनताहरु र पढेलेखेका बस्ने वडाको त हालत यस्तो छ भने अन्य वडामा के हालत होला !

  • प्रकाशित मिति : कात्तिक २८, २०७७, शुक्रवार ०८:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८