• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आन्तरिक पर्यटक बढाउन मन्त्री भट्टराईको आग्रह


आन्तरिक पर्यटक बढाउन मन्त्री भट्टराईको आग्रह

 

कार्तिक २८, २०७७

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना महामारीका कारण पर्यटन भ्रमण वर्ष सफल नभएकाले आन्तरिक पर्यटक बढाउन सबै सरोकार पक्षलाई आग्रह गरेका छन ।

गृहजिल्ला ताप्लेजुङमा स्थानीय तहको साताव्यापी अवलोकन तथा स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रमको पहिलो चरणको समापनका अवसरमा बिहिवार फुङ्लिङ नगरपालिकामा विभिन्न संघसंस्थाका प्रमुखसँग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन।आगामी सन् २०२१ मा पनि बाह्य पर्यटक कम हुने देखिएकाले आन्तरिक पर्यटनवृद्धिका लागि प्रचार प्रसारमा जुट्न समेत उनले आग्रह गरे।

भट्टराईले ठूलै उत्साहका साथ आफू मन्त्री भएको तर कोरोनामा महामारीका कारण बनाइएका कतिपय योजना अपेक्षानुसार पूरा हुन नसकेको अनुभव सुनाए ।रासस

  • प्रकाशित मिति : कात्तिक २८, २०७७, शुक्रवार ०२:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८