• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

नवलपुरमा प्रहरीद्वारा १ हजार १५ लिटर घरेलु मदिरा नस्ट

  • खबरदाता

नवलपुरमा प्रहरीद्वारा १ हजार १५ लिटर घरेलु मदिरा नस्ट

कार्तिक २७ ,२०७७
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले आज १ हजार १५ लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्ला मातहत रहेका प्रहरी कार्यालयहरुबाट बरामद भएका अवैध घरेलु मदिरा नष्ट गरिएको सुचना अधिकारी विशाल तामाङले जानकारी दिए । उनकाअनुसार अनुसार अस्थाई प्रहरी पोष्ट डण्डा नवलपरासी ९पूर्व० को प्रारङ्गणमा खाडल खनी आज नष्ट गरिएको हो ।

नवलपुरको डण्डा वरीपरी विक्रि गर्नका लागि ल्याउने क्रममा गस्तीमा रहेका प्रहरीहरुले बरामद गरेको घरेलु मदिरा नष्ट गरिएको छ । सरकारले उपयुक्त नियम नबनाइदिँदा विदेशी महङ्गा रक्सी खुलमखुल्ला विक्रि भइरहेका छन् भने स्थानीय उत्पादनलाई प्रयोग गरी दैनिक चलाउन स्थानीयले मेहनत गरेका घरेलु रक्सीलाई भने अवैध भन्दै प्रहरीले बरामद गरी नष्ट गरिहरेको छ ।

नीति निर्माण तहमा रहेकाहरुको ध्यान नहुँदा स्थानीय सधैँ समस्यामा छन् । घरमै बनेको मदिरालाई निश्चित मापदण्ड सहित सरकारले विक्रिका लागि अनुमति नदिँदा यसैगरी नियन्त्रणमा लिने र नष्ट गर्ने प्रकृया चलिनै रहने देखिएको छ ।
साथै प्रहरीले आज नै बिभिन्न प्रकारका ५ हजार १७० थान पनि पटका पनि आजै नष्ट गरेको छ ।

  • प्रकाशित मिति : कात्तिक २७, २०७७, बिहीवार १०:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८