• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

ट्राफिक प्रहरीलाई घुस दिने २३४ चालक कारवाहीमा

  • खबरदाता

ट्राफिक प्रहरीलाई घुस दिने २३४ चालक कारवाहीमा

कार्तिक २७,२०७७

ट्राफिक प्रहरीलाई घुस दिने २३४ जना सवारी चालक कारवाहीमा परेका छन् । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले दिएको जानकारी अनुसार त्यसरी घुस दिन खोज्ने चालकलाई गरेको कारवाहीबाट २ लाख ४९ हजार जरिबाना रकम संकलन भएको छ ।

घुस दिन खोजिएको ४३ हजार ९२० रुपैया भने फिर्ता गरिएको छ । सबै भन्दा धेरै बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका ट्राफिक प्रहरीलाई घुस दिने धेरै चालक कारवाहीमा परेका छन् । तथ्याङ्क अनुसार १७० जना चालक कारवाहीमा परेका छन् । उनीहरुलाई गरिएको कारबाहीबाट १ लाख ७२ हजार ५ सय रुपैया जरिबाना रकम संकलन भएको छ भने २१ हजार १५० रुपैया फिर्ता गरिएको छ ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरीलाई घुस दिएका ५ जना चालकलाई पनि कारवाहि गरिएको छ । जसबाट ५ हजार जरिवाना संकलन भएको छ भने १ हजार घुस रकम फिर्ता गरिएको छ ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा ३७ जना चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहीलाई घुस दिएको १० हजार ९७० रुपैया फिर्ता गरिएको र उनीहरुलाई ३४ हजार ५ सय रुपैया भने जरिबाना गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङमा ३ जना चालक कावाहीमा परेका छन् । उनीहरुले दिएको ३ सय रुपैया घुस रकम फिर्ता गरिएको छ भने कारवाहीबाट ३ हजार ५ सय रुपैया संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटमा २ जना चालकलाई कारवाही गरिएको छ । उनीहरुले दिएको २ सय रुपैया फिर्ता गरिएको छ भने २ हजार कारवाही गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापमा पनि ९ जना चालक कारवाहीमा परेकाछन्। उनीहरुले दिएको ६ हजार १ सय रुपैया घुस फिर्ता गरिएको छ भने २० हजार रकम जरिवानाबाट संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीमा ८ जना चालकले ४ हजार २ सय रुपैया घुस दिएको रकम फिर्ता गराएर उनीहरुलाई ११ हजार ५ सय रुपैया फिर्ता गराइएको छ ।

आर्थिक पारदर्शीता एवं भ्रष्टचारमा शून्य सहनशिलता नीतिअनुरूप कारवाहीलाइ थप कडा पारिएको बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । ट्राफिक नियम उल्लघंन गरेर बच्नका लागि ट्राफिक प्रहरीलाई सानो सानो घुस रकम दिएर बच्न सकिने सोच चालकहरुमा रहेकाले यसको निरुत्साहितका लागि पहिलो कारवाही अवबाट त्यसो नगर्न लिखित, अडियो र भिडियो प्रतिवद्धता बनाएर छाडिएको पुन सोही व्यक्तिले उक्त कार्य दोहोर्याएमा मुद्दा चलाउने कोइरालाले बताए।

आफूले कार्यभार सम्हालेको अढाई महिना भएको भन्दै उहाँले यो कार्यले निरन्तरता पाउने र चालक मात्र नभई उक्त गतिविधिमा संलग्न प्रदेशभरका ८ जना ट्राफिक प्रहरीलाई पनि कारबाही गरिएको जानकारी दिए । आन्तरिक सूचीकरण अनुसार ट्राफिक पनि कारवाही परेका हुन् । हालसम्म २ जना निलम्वनमै परेका छन् अन्यको नसियत देखि वढुवा रोक्का सम्मका रहेका कोइरालाले बताउनुभयो । ओभर लोड ल्याउने, कागजपत्र नपुर्याउने धेरै चालकले यसरी घुस दिने गरेको पाइएको छ ।

 

  • प्रकाशित मिति : कात्तिक २७, २०७७, बिहीवार १०:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८