• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

बैठक बोलाउन ओलीलाई दुई दिन थप


बैठक बोलाउन ओलीलाई दुई दिन थप

 

कार्तिक २६,२०७७
काठमाडौं/  नेकपा सचिवालय बैठकको औपचारिक आह्वान गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमति माग गरेका बहुमत सचिवालय सदस्यले थप दुई दिनको भाका थपेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सदस्यको अनौपचारिक बैठकले ओलीको सहमतिका लागि थप दुई दिन कुर्ने निधो गरेको हो ।

यसअघि गत शुक्रबार र शनिबार अनौपचारिक छलफल गरेपछि प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरूले दुई दिनभित्र सचिवालय बैठक बोलाउनका लागि सहमति जनाउन आग्रह गर्दै पत्र दिएका थिए तर उनीहरूले निर्धारण गरेको समयभित्र बैठक बोलाउन प्रधानमन्त्रीले सहमति दिएनन् । बरु उनले पार्टी विधानअनुसार १५ दिनभित्र बैठक बस्न सक्ने गरी कारबाही अघि बढाउन महासचिव विष्णु पौडेललाई तोक लगाए । प्रधानमन्त्री ओली बैठक डाक्न असहमत भएपछि अध्यक्ष दाहालले सोमबारै सचिवालयको औपचारिक बैठक बोलाउने तयारी गरेका थिए । मंगलबार बिहान दाहाल र उनीनिकट नेताहरूबीच भएको छलफलमा अब औपचारिक बैठक बोलाउने सहमति बनेको थियो । त्यसअघि दाहाललाई भेट्न गएका स्थायी कमिटी सदस्य शंकर पोखरेललाई पनि उनले बैठक बोलाउनु नै समस्या समाधानको उपाय भएको प्रतिक्रिया दिएका थिए ।

दाहाल समूह औपचारिक बैठक बोलाउने र त्यही बैठकले स्थायी कमिटी बैठक आह्वान गर्ने मुडमा पुगिसकेको थियो । उनीहरूले ४ बजे सचिवालय बैठक आह्वान गरेका थिए तर त्यो औपचारिक या अनौपचारिक के हो, घोषणा गरिसकेका थिएनन् । सचिवालय सदस्यहरू छलफलमा जुट्नुअघि दाहाल ओलीलाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगे । भेटमा प्रधानमन्त्री ओलीले बुधबार आफ्नो उपत्यकाबाहिर जाने कार्यक्रम रहेको बताएपछि उनले बिहीबार सचिवालय बैठक बोलाउन सहमति दिन र सहभागी हुन आग्रह गरेका थिए । तर दाहालको आग्रहमा ओलीले सहमति नजनाएको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए ।

‘प्रधानमन्त्रीलाई भेटेर लिखित रूपमै सचिवालय बैठक तत्काल बस्न र बैठक बोलाउने कुरामा सहमति जनाउन अनुरोध गरेका थियौं, हिजोसम्म बैठक बस्ला भन्ने हामीले अपेक्षा गरेका थियौं, अहिलेसम्म उहाँले सहमति दिनुभएको छैन, आज कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष केपी शर्मा ओलीसँग फेरि यस विषयमा गम्भीर छलफल गर्नुभयो,’ श्रेष्ठले भने, ‘अध्यक्ष ओली भोलि उपत्यकाबाहिर जाने योजना भएकाले पर्सि सचिवालय बैठक बस्नुपर्छ भनेर सहमति गर्न र आउन दाहालले अनुरोध गर्नुभएको छ । ओलीले २७ गते बस्न पनि सहमति जनाइसक्नुभएको छैन ।’ उनले प्रधानमन्त्रीले बुधबार बेलुकासम्म बैठक बोलाउन सहमति जनाउने र शनिबार सचिवालय बैठक बस्ने अपेक्षा गरे ।काठमाडौं कास– नेकपा सचिवालय बैठकको औपचारिक आह्वान गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमति माग गरेका बहुमत सचिवालय सदस्यले थप दुई दिनको भाका थपेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सदस्यको अनौपचारिक बैठकले ओलीको सहमतिका लागि थप दुई दिन कुर्ने निधो गरेको हो ।

यसअघि गत शुक्रबार र शनिबार अनौपचारिक छलफल गरेपछि प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरूले दुई दिनभित्र सचिवालय बैठक बोलाउनका लागि सहमति जनाउन आग्रह गर्दै पत्र दिएका थिए तर उनीहरूले निर्धारण गरेको समयभित्र बैठक बोलाउन प्रधानमन्त्रीले सहमति दिएनन् । बरु उनले पार्टी विधानअनुसार १५ दिनभित्र बैठक बस्न सक्ने गरी कारबाही अघि बढाउन महासचिव विष्णु पौडेललाई तोक लगाए । प्रधानमन्त्री ओली बैठक डाक्न असहमत भएपछि अध्यक्ष दाहालले सोमबारै सचिवालयको औपचारिक बैठक बोलाउने तयारी गरेका थिए । मंगलबार बिहान दाहाल र उनीनिकट नेताहरूबीच भएको छलफलमा अब औपचारिक बैठक बोलाउने सहमति बनेको थियो । त्यसअघि दाहाललाई भेट्न गएका स्थायी कमिटी सदस्य शंकर पोखरेललाई पनि उनले बैठक बोलाउनु नै समस्या समाधानको उपाय भएको प्रतिक्रिया दिएका थिए ।

दाहाल समूह औपचारिक बैठक बोलाउने र त्यही बैठकले स्थायी कमिटी बैठक आह्वान गर्ने मुडमा पुगिसकेको थियो । उनीहरूले ४ बजे सचिवालय बैठक आह्वान गरेका थिए तर त्यो औपचारिक या अनौपचारिक के हो, घोषणा गरिसकेका थिएनन् । सचिवालय सदस्यहरू छलफलमा जुट्नुअघि दाहाल ओलीलाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगे । भेटमा प्रधानमन्त्री ओलीले बुधबार आफ्नो उपत्यकाबाहिर जाने कार्यक्रम रहेको बताएपछि उनले बिहीबार सचिवालय बैठक बोलाउन सहमति दिन र सहभागी हुन आग्रह गरेका थिए । तर दाहालको आग्रहमा ओलीले सहमति नजनाएको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए ।

‘प्रधानमन्त्रीलाई भेटेर लिखित रूपमै सचिवालय बैठक तत्काल बस्न र बैठक बोलाउने कुरामा सहमति जनाउन अनुरोध गरेका थियौं, हिजोसम्म बैठक बस्ला भन्ने हामीले अपेक्षा गरेका थियौं, अहिलेसम्म उहाँले सहमति दिनुभएको छैन, आज कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष केपी शर्मा ओलीसँग फेरि यस विषयमा गम्भीर छलफल गर्नुभयो,’ श्रेष्ठले भने, ‘अध्यक्ष ओली भोलि उपत्यकाबाहिर जाने योजना भएकाले पर्सि सचिवालय बैठक बस्नुपर्छ भनेर सहमति गर्न र आउन दाहालले अनुरोध गर्नुभएको छ । ओलीले २७ गते बस्न पनि सहमति जनाइसक्नुभएको छैन ।’ उनले प्रधानमन्त्रीले बुधबार बेलुकासम्म बैठक बोलाउन सहमति जनाउने र शनिबार सचिवालय बैठक बस्ने अपेक्षा गरे ।बर्णनबाट

  • प्रकाशित मिति : कात्तिक २६, २०७७, बुधवार ०२:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८