• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

मुम्बई इन्डियनलाई पाँचौँ पटक आइपिएल उपाधि

  • खबरदाता

मुम्बई इन्डियनलाई पाँचौँ पटक आइपिएल उपाधि

 

कार्तिक २६,२०७७
दिल्ली क्यापिटललाई ५ विकेटले हराउँदै मुम्बई इन्डियनले आइपिएलको उपाधि जितेको छ । दिल्लीले छाडेको १५७ रनको लक्ष्य मुम्बईले ८ बल बाँकी रहँदा पुरा गरेको हो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले मुम्बईका लागि कप्तान रोहित शर्माले ५१ बलमा ६८ रन जोडे । यसै गरी ईशान किसन १९ बलमा ३३ रन बनाउँदै अविजित रहे । दिल्लीका लागि एन्रीच नोर्तजेले २।४ ओभरमा २५ रन खर्चिँदै दुई विकेट लिए । यसै गरी अक्षर पटेलले ४ ओभरमा १६ रन मात्र खर्चे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ७ विकेटको क्षतीमा १५६ रन जोडेको थियो । दिल्लीका लागि कप्तान श्रेयास ऐयारले ५० बलमा ६५ न जोडे भने आक्रामक रहेका ऋषभ पन्तले ३८ बलमा ५६ रन जोडे । २२ रनमा तेस्रो विकेट गुमाएको अवस्थामा यी दुईले ९६ रनको साझेदारी गरे । कुल्टर नाइनको बलमा पन्त आउट हुनु अघिसम्म दिल्ली विशाल योगफल खडा गर्ने दिसामा अघि बढेको थियो ।

पारीको पहिलो बलमा मार्कस स्टोनिसलाई आउट गरेका ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चिँदै तिन विकेट लिए । पहिलो स्पेलमा अजान्का रहानेलाई आउट गरेका उनले डेथ ओभरमा बलिङ गर्दै सिम्रन हटमायलाई आउट गरे । राहुल चहारको स्थानमा खेल्ने मौका पाएका जयन्त यादवले ४ ओभरमा २५ रन खर्चिँदै शिखर धवनको महत्त्वपूर्ण विकेट लिए ।

कुल्टरनाइनले ४ ओभरमै २९ रन खर्चेर दुई विकेट लिए । बोल्ट फाइनल खेलका म्यान अफ द म्याच घोषित भए । राजस्थान रोयलका जोफ्रा आर्चर म्यान अफ द सिरिज घोषित भए । दिल्लीको यो पाँचौँ आइपिएल उपाधि हो ।

  • प्रकाशित मिति : कात्तिक २६, २०७७, बुधवार ०२:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८