• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

क्रान्तिका लागी सैनिक घोषणा गर्ने भट्टको तयारी


क्रान्तिका लागी सैनिक घोषणा गर्ने भट्टको तयारी

 

 

केपी शर्मा 
कार्तिक २५,२०७७

चितवन । नवलपरासी पूर्व गैंडाकोट नगरपालिकाको वडानम्वर ११ मा एउटा सानो कोठामा कार्यालय छ । त्यही कोठाको कार्यालयबाट ३७ वर्षीय युवा कृषक विष्णु भट्टले सैनिक घोषणा गर्ने तयारी गरेका छन ।

तर उनले घोषणा गर्ने सैनिक  देशमा रहेको नेपाली सेना जस्तो हात हतियारले सुसज्जीत भने होइन । कृषि औजार सहित युवाहरुको समुह निर्माण गरी कृषि सैनिक घोषणा गर्ने योजना रहेको भट्टले बताए । उनी भन्छन्,“ नेताहरुले कृषि सम्वन्धि धेरै भाषण गरे तर देशको कृषि जहाँको त्यहि छ । त्यसैले यो विल्कुल नयाँ सोच र अवधारणा हो । देशमा भएका सवै युवाहरु कृषि औजार सहित उत्पादनमा लाग्ने र देशलाई समृद्धि बनाउन अव कृषि सैनिक आवश्यक छ । यसको घोषणा गरी कार्यान्वयन गर्नुपर्छ । दैनिक ८ घण्टा कृषि कर्ममा लगाएर उनीहरुलाई उचित तलव उपलब्ध गराउनुपर्छ जुन आजको आवश्यकता हो । ”

त्यसरी घोषणा गरिएका सैनिकहरु कृषिका विभिन्न कार्यक्रममा लाग्नेछन् । विदेशमा गएर पसीना बगाउँदा ६० देखि ७० हजार हात पारेपनि बच्ने उही २० देखि ३० हजार रहेको भन्दै अव पसीना नेपाली भूमिमा बगाउनुपर्ने उनले बताए । यदि सरकारले यो अवधारणालाई साथ दिए त्यसको नेतृत्व आफूले गर्ने उनको भनाई छ ।

यो अवधारणा लागु भए कुनै पनि नेपाली बेरोजगार हुनु नपर्ने र देशले कृषीजन्य उत्पादन निर्यात गर्ने ठोकुवा गरे ।
सानो कोठामा रहेको कार्यालयको नाम हो श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फर्म । तर त्यही सानो कोठामा कार्यालय भएका किसान भट्टले १२ बिघामा व्यवसायिक घाँस खेती गरेका छन। उनले त्यसरी गरेको घाँसको वेर्ना ६५ जिल्लामा विक्रि गरेर राम्रो आम्दानी गरिरहेका छन ।

उनले १२ जनालाई प्रत्यक्ष र ६० जनालाई अप्रत्यक्ष रोजगारी दिएका छन । विदेशबाट आएर घाँस खेती गर्नेहरुलाई निशुल्क परामर्शसँगै वीउमाबिजनमा समेत सहयोग गरिरहेको उनले बताए ।

बिना सरकारि अनुदान उनी एक्लै १२ विघा  जमिनमा खेती गरिरहेका छन। यसबाट थाह हुन्छ भट्ट उदाहरणीय कृषक हुन जसले राज्यको एक पैसा अनुदान नलिई ढेड विघाबाट सुरु गरेर १२ विघामा घाँस फैलाएका छन् । घाँसका वीरुवा विक्रिगर्ने उनको मुख्य आम्दानीको बाटो हो । भन्छन्,“आफ्नो आय आर्जनमा जुन किसानले विश्वास गर्छ आफ्नै पसीनामा विश्वास गर्नेले मेहनत गरी सफलता पाउँछ । त्यसैले अनुदानमा भर पर्नुहुन्न । अनुदानले अल्छि बनाँछ ।”

पाउनुपर्ने व्यक्तिले नपाउने र नपाउनुपर्नेले पाइरहेको अनुदानको व्यथा उनलाई राम्रोसँग थाहा छ । आफू भन्दा अझ दुख  पाएका किसानहरुको हातमा आफूले लिने अनुदान पुगोस भन्ने अपेक्षा सरकारसग रहेको छ उनको।

अनुदानलाई विकृती गराउनेको विगविगी छ । कर्मचारी देखि नक्कली किसानको विकृतीले अनुदान नामकै बदनाम भएको छ । यो उनको बुझाइ हो। अझै खोज र अभ्यासमै रहेको बताउने उनी मासिक ६ देखि ८ लाखको कारोवार गर्छन र २ लाख सम्म बचाउछन ।

सुपरनेपिएर जातको वहुवर्षिय उन्नत जातको घाँस, सुम्वा सेटेरिया, मलाटो, पासपालम, बाख्रालाई आवश्यक डाले घाँस टाँकी, निमारे, इन्दु, बडार भटमासे लगातय घाँस उनले लगाएका छन् । बार्‍है महिना काट्न सकिने १२ महिनानै लगाउन सकिने सुपरनेपिएर घाँसलाई उचित सिँचाई तथा मलको आवश्यक पर्छ । सुख्खा खडेरी खालको जमिन भए वर्खामा लगाउने र पर्याप्त पानी हुने ठाउँमा हिँउदमा पनि रोप्न सकिन्छ । हिमाल, पहाड र तराइमै   लगाउन सकिने यो  घाँस लिन अहिले देशभरका किसान उनकोमा जाने गरेका छन् ।

गैंडाले ल्याइदियो परिबर्तन
विस २०५६ साल वैशाख ७ गते उनी सम्झनै चाहादैनन् । तर यही घटनाले उनलाई यहाँसम्म ल्याउन प्रेरित गरेको हो । उक्त दिन घरमा भएका गाईवस्तुलाई घाँस काट्न जंगल जाँदा आमालाई गैँडाले हान्यो ।

लामो समयको स्वास्थ्य उपचारपछि निको भयो । घर व्यवहार सम्हाल्नुपर्ने भट्ट थप आम्दानीको खोजीमा मलेसिया पुगे । मलेसिया पुगेर घर फोन गर्दा पनि वुवा जहिले घाँस काट्न गएको पाएपछि त्यहीवेला उनका मनमा अनेकन सोचहरु पलाए । उनलाई लागीरहेको थियो म विदेश आउँदा एउटा विरुवा रोपेर आएको भए अहिले कति ठूलो हुन्थ्यो होला ।

यो सोचले उनलाई आमूल परिबर्तन गरायो। सोचे अब नेपाल फर्कन्छु र घाँस खेती गर्छु । नेपाल फर्केपछी उनको भेट घर नजिक एक जना व्यक्तिसँग भयो । जो थिए पूर्वप्रधानमन्त्री टंक प्रसाद आचार्यक छोरा विरभद्र आचार्य । विरभद्र आचार्य व्यवसायिक वाख्रा खेती गर्दै आएका थिए । उनले पनि सुरुमा बयर जातको बाख्रा पाले ।

तर नेपालमा बाख्रालाई चाहिने आहार व्यवस्था नगरी पछि खोज्ने परम्पारले उनलाई पनि पछ्यायो तर यसैवाट अर्को पाठ उनले सिके । पहिला व्यस्थित घाँस खेती गर्ने अनि पशुपालन । अहिले भट्ट यही सन्देश विभिन्न जिल्लाका किसानलाई सिकाउँदै हिँडेका छन् । अव उनको उद्देश्य कोरोनाका कारण विदेशबाट पर्कीएका युवाहरुलाई पनि घाँस खेतीमा लगाउने र फेरि कमाउनकै लागि विदेश जानबाट देशका खम्वाहरुलाई राक्ने रहेको छ । यसमा राज्यको पनि सहयोग चाहेका छन् उनले ।

  • प्रकाशित मिति : कात्तिक २५, २०७७, मंगलवार ०८:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८