• वैशाख ३०, २०८२, मंगलवार Tuesday, 13 May, 2025

मर्यादित पत्रकारलाई मात्र सदस्यता दिन संञ्चार मन्त्रीको आग्रह

  • खबरदाता

मर्यादित पत्रकारलाई मात्र सदस्यता दिन संञ्चार मन्त्रीको आग्रह

कार्तिक २५,२०७७

चितवन । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सकारात्मक सोचका साथ नेपाली पत्रकारिता गर्न आग्रह गरेका छन । विहान उठ्दा देखिने समाचारहरुले सकारात्मक सन्देश दियोभने नेपाली पत्रकारिताको उचाई र विश्वास थप बढ्ने उनको भनाई थियो ।

मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन समारोहमा बोल्दै मन्त्री गुरुङले मर्यादीत पत्रकारलाई मात्रै महासंघको सदस्यता प्रदान गर्न आग्रह गरे ।

मर्यादीत पत्रकारिता गराउन पत्रकार बन्नको लागि निश्चित योग्यता चाहिने बताउँदै गुरुङले विद्याननै संशोधन गरी यो प्रावधान राख्न सुझाव दिए । सञ्चार गृह र पत्रकार के उद्देश्यले मिडिया क्षेत्रमा प्रवेश गरेको र अहिले यो क्षेत्रमा के भइरहेको छ भन्ने विषयमा गम्भीर रुपमा समीक्षा गर्ने बेला आएको बताउँदै यो क्षेत्रको सुधारका लागि आफू मन्त्रि मात्रै नभई पत्रकार नै बनेर सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए।

आगामी अभ्यासले नेपाली पत्रकारितामा गुम्दै गएको विश्वास फर्काउन सक्नुपर्नेमा समेत गुरुङको जोड थियो।

कार्यक्रममा बोल्दै नेपालका लागि अमेरिकी राजदूत यान्डी बेरीले नेपाली पत्रकारहरुले जिम्मेवार पत्रिकाको मूल्य बुझेको र प्रश्न गर्ने मामिलामा कुनै हिच्किचाहट नरहेको आफूले पाएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आचार संहिता भुलेर कहिल्यै पनि पत्रकारिता नगर्न सुझाव दिँदै अहिले सात वटै प्रदेशमा प्रेस काउन्सिलसँग मिलि सुझाव संकलन गरिहेको बताए । पत्रकारले राज्यका तीन अंगले गर्ने कार्यमा निरन्तर चासो राख्दै स्वतन्त्रतापूर्वक समाचार लेख्न उनको आग्रह थियो ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले देशभरका मिडियाहरुमा प्रकाशित भ्रामक समाचारहरुको सम्बन्धमा अध्ययन गरेको बताउँदै विभिन्न जिल्लाका पत्रकारहरुलाई दुई चरणमा तालिम प्रदान गरेको बताए। कार्यक्रममा ३२ जना पत्रकारहरुको सहभागीता रहेको थियो ।

  • प्रकाशित मिति : कात्तिक २५, २०७७, मंगलवार ०६:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८