• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

  महानगरका  १६२  छात्राहरुलाई साइकल वितरण

  • खबरदाता

  महानगरका  १६२  छात्राहरुलाई साइकल वितरण

 

साइकल पाएपछी उनिहरुले चाँडै बिधालय खुलोस भन्ने कामना समेत गरे।

कार्तिक २४ ,२०७७

भरतपुर । भरतपुर महानगरपालिकाले पश्चित चितवका थप १६२ जना छात्रालाई निशुल्क साइकल वितरण गरेको छ ।

महानगरका  ६ वटा वडाका थप  १६२ जना छात्राहरुले जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत साइकल पाएका हुन् । विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गरेको महानगरप्रमुख रेनु दाहालले बताइन ।

कार्यक्रममा सहभागी किशोरीहरुले साइकल पाएपछि समयमै विद्यालय पुग्न पाइने र पढाई नछुट्ने भन्दै खुशी व्यक्त गरेका थिये । महानगरले वडानम्वर १७, २४, २५, २६, २७ र २८ का विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई साइकल दिएको हो ।

गरिबीको कारण साइकल किन्न पनि नसेकेको र घरमा काम गरेर विद्यालय जाँदा सधैँ पठनपाठनमा समस्या हुँदा पढाई निरन्तरतामा समस्या हुने गरेकोमा साइकल पाएपछि भने अब नियमित र समयमै विद्यालय जान सहज हुने छात्राहरुको भनाई छ ।

भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १३, १४, २२, २३, २४ वडाका १७ विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई यसअघि नै साइकल वितरण गरेको थियो । हालसम्म महानगरले २९६ वटा साइकल वितरण गरेको छ । महानगरले १२ वटा वडाका कुल ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ ।

महानगर प्रमुख रेनु दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन आफुहरु लागि परेको बताइन् ।

महानगरका आधारभुत विद्यालयलाई ल्याप्टप वितरण गर्ने तयारी थालेको र सबै विद्यालयहरुमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उनको भनाइ छ । महानगरभित्रका सरकारी विद्यालयहरुको शैक्षिक स्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको छ।

  • प्रकाशित मिति : कात्तिक २४, २०७७, सोमवार ११:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८