• जेठ १३, २०८१, आइतवार Sunday, 26 May, 2024

हैदराबादलाई हराउँदै दिल्ली फाइनलमा

  • खबरदाता

हैदराबादलाई हराउँदै दिल्ली फाइनलमा

कार्तिक २४,२०७७

चितवन । दिल्ली क्यापिटल आइपिएलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वालीफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले हराउँदै दिल्ली फाइनल प्रवेश गरेको हो । फाइनलमा दिल्लीले मङ्गलवार मुम्बई इन्डियनसँग खेल्ने छ ।

१९० रनको लक्ष्य पाएको हैदरावाद ८ विकेट गुमाउँदै १७२ रनमा सीमित भयो । हैदरावादका केन विलिम्सनले ६७ तथा अब्दुल समादले ३३ रन जोडे । दिल्लीलाई जित दिलाउने क्रममा मार्कस स्टोनिसले ३ ओभरमा २६ रन खर्चेर तिन विकेट लिए उनले ब्याटिङ गर्ने क्रममा दिल्लीको पारी सुरुवात गर्दै २७ बलमा ३८ रन जोडेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतीमा १८९ रन जोडेको थियो । दिल्लीका लागि शिखर धवनले ५० बलमा ७८रन जोडे भने सिम्रन हटमायरले २२ बलमा ४२ रन जोडे । स्टोनिस खेलका म्यान अफ द म्याच घोषित भए ।

  • प्रकाशित मिति : कात्तिक २४, २०७७, सोमवार ०२:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८