• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

पूर्व एमालेको भेट र इश्वर पोखरेलको सम्बोधनले दिएको सन्देश


पूर्व एमालेको भेट र इश्वर पोखरेलको सम्बोधनले दिएको सन्देश

 

नारायण दाहाल
कार्तिक २३,२०७७

नेपाल कम्युनिष्ट पार्टी भित्र अहिले विवाद उत्कर्षमा पुगेको छ । पूर्व माओवादी पूर्व एमाले अर्का केपी ओलीको गुट बाहेकका नेता कार्यकर्ता पनि एक्लाएक्लै सचिवालय बैठक बोलाउनेदेखि खुमलटारमा गोप्य भेटघाटसम्मको कुराले अहिले नेकपा तातेको छ । कतिसम्म नेकपा फुट भएर आ आफ्नो बाटो लाग्नेसम्मको कुरामा अहिले नेपाल कम्युनिष्ट पार्टी पुगेको छ ।

त्यसैपनि आगो बलिरहेको नेकपा भित्र एकाएक आइतबार सुकेधारामा पूर्व एमाललेहरुबीचको एकतर्फि भेट इश्वर पोखरेलको सम्बोधनले भने बलेको आगोमा घिउ थप्ने काम गरेको छ ।

पूर्व एमाललेहरुले विशेषगरी आजको पूर्व एमालले नेताबाट माधवकुमार नेपाल भने थिएनन् । तर, ओलीको नेतृत्वको दायि भूमिका भने इश्वर पोखरेल नै देखिन्थे निकै चर्को १५ मिनेट भाषण गरेका पोखरेल अहिले पार्टी भित्र देखिएको अन्तसघर्षप्रति बढी केन्द्रित देखिन्थे ।आइतबारको भेलामा दुईवटा कुराको सन्देश दिन खोजेको छ ।

पहिलो कुरा प्रचण्डलाई काउन्टर   प्रचण्डलाई किन पनि पूर्वएमालेहरुको काउन्टर हो भने प्रचण्डले अहिले आफू एक्कलैले पूर्व एमालेहरुको नेतासहितको मिलोमतोमा अहिलेको सरकारमाथी चढेर आलोचना गरिहरेका छन् ।
त्यसका लागि प्रचण्डलाई जतिसुकै भए पनि अप्ठेरो परिस्थिति आयो भने भोलीको दिनमा पूर्व एमालेहरु एकसाथ उभिन्न सक्छन् योकुरामा स्पष्ट हुन आवश्यक छ भन्ने काउन्टर दिनका लागि भए पनि पूर्वएमालेहरु पूर्व माओवादीलाई देखादिन सक्छौ भन्ने सन्देश दिए ।

‘ त्यसमा इश्वर पोखरेलले अर्को एउटा घुमाउरो कुरा पनि जोडे अहिले पनि पूर्व एमाले र पूर्व माओवादी भनिर्दैन आएको त्यसैले यो पूर्व एमालेहरुको मात्र भेला हो ।’अर्को सन्देश ओलीले आफूलेके ही नगरेको कार्यकर्ताहरुले अब पार्टी एकता नगरीकन बस्न सकिदैन भन्ने सन्देश पनि त्यसै सम्बोन मार्फत दिन चाहे । त्यस कारण त्यसको सम्बोधन ओली रणनीति दु्त पोखरेलबाट ओलक्न खोजे । यसरी पूर्वएमालेको सन्देश दिएपनि प्रचण्डलाई पनि करै लाग्छ पछि हट्नलाई ।

सम्बोधनपछि ओलीसँग गोप्य भेट

प्रचण्डलाई ओलीले अर्को पनि झड्का दिएका छन् । एमालेका नेताहरुसँग गोप्य भेट गरेर । ओलीले बामदेव गौतम, माधव कुमार नेपाल झलनाथ खनाल लगायत पाँच जना पूर्व एमालेका नेताहरुसँग बार्तागरेपछि प्रचण्ड अर्को पनि पछि हट्नका लागि बाध्य पार्न लागिएको छ । यसरी भेटहुँदा प्रचण्डसँग नजिक रहेका नेपाल अन्य नेता पनि उनको पक्षमा छन् है भन्ने देखाउन चाहे । प्रचण्ड जति उफ्रिए पनि भ्यागुताको धार्नी पुर्याउन सकिदैन भन्नेमा पुगुन् ओलीको चाहाना छ । तर, प्रचण्ड के कुरामा पनि ढुक्कदेखिन्छन् भने पूर्व एमाले नै ओलीको विपक्षमा रहेका छन् । भोली आवश्यकता परो भने साथ दिन्छन्। तर सत्य कुरा केहो भने नेपालले प्रचण्डसँग पार्टी पुटाएर आफ्नो भविष्यलाइ धुमिल पार्न पटक्कै चाहादैनन् ।   वर्णन मिडिया

  • प्रकाशित मिति : कात्तिक २३, २०७७, आइतवार १४:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८