• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

वाइडेन राष्ट्रपति हुँदा अफ्रिकी र भारतीयकी छोरी उपराष्ट्रपति

  • खबरदाता

वाइडेन राष्ट्रपति हुँदा अफ्रिकी र भारतीयकी छोरी उपराष्ट्रपति

 

कार्तिक २३,२०७७
जो वाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएका छन् । पेनेसेल्भीयाको २० मत सहित वाइडेनले आवश्यक २७० मत पारे गरेका हुन् । हालसम्म गणना भएका मध्य उनले २७९ इलेक्ट्रोल मत पाइ सकेका छन् । चार राज्यको परिणाम आउन बाँकी नै रहको छ । उनी अमेरिकाका ४६ औ राष्ट्रपति हुन् ७७ वर्षीय वाइडेनले सबैभन्दा बढी उमेरमा अमेरिकाको राष्ट्रपति निर्वाचित हुने अर्को कीर्तिमान पनि राखेका छन् ।

यसै गरी कमला ह्यारिस उपराष्ट्रपति निर्वाचित भइन् अमेरिकाको इतिहासमा अश्वेत महिलाको यो सबैभन्दा ठुलो उपलब्धि हो । वाइडेनको हकमा भने यो ह्वाइट हाउस प्रवेशको तेस्रो प्रयास हो । सन् १९८८ र २००८ मा असफल उनी आठ वर्ष बाराक ओबामा कार्यकालमा उपराष्ट्रपति रहेका थिए ।
वाइडेन सन् १९७२ मा सिनेट सदस्य हुँदै अमेरिकाको राजनीतिमा उदाएका थिए । यस पटकको निर्वाचनमा युवा,वृद्ध, अश्वेत र महिलाहरूको उनलाई ठुलो साथ रहेको थियो । उनले लोकप्रिय मत पनि सात लाख ४० हजार भन्दा बढीको अन्तर पारिसकेका छन् । यो आफैमा कीर्तिमान हो । यस भन्दा अघि यो कीर्तिमान बाराक ओबामाको नाममा थियो ।

उपराष्ट्रपति ह्यारिस भने दल भित्र राष्ट्रपतिको दाबेदार थिइन् । उनको सफलता महिलाहरूको पहिलो महत्त्वपूर्ण सफलता हो भने इन्डियन अमेरिकी मूलकी महिला हुन् भने यस्तो सफलता पाउने आप्रवासी मूलकी पहिलो महिला हुन् । अमेरिकामा अझै पनि जातीय र लैङ्गिक विभेद रहेको मुद्दा सहित अमेरिकी निर्वाचनमा उनी होमिएकी थिइन् । राष्ट्रपति ट्रम्पलाई उनले यसैको प्रतीकको संज्ञा पनि दिइन्, जुन समय ट्रम्पले उनको नाम उच्चारण गर्न समेत जानेनन् ।

५६ वर्षीय ह्यारिस जमैकाका बाबु र अमेरिकी आमाकी सन्तान हुन् । उनको कारण वाइडेनको निर्वाचन अभियानमा अर्को रौनक थपिएको थियो । उनी सन् २०१६ मा अमेरिकाको सिनेट सदस्य निर्वाचित भएकी थिइन् । यस पटकको राष्ट्रपतिको उम्मेदवारको दाबेदार रहेकी उनले आफ्नो निर्वाचनमा सहभागी नभई वाइडेनको पक्षमा आफूलाई

  • प्रकाशित मिति : कात्तिक २३, २०७७, आइतवार ०२:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८