• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

आज थपिए २७५३ संक्रमित

  • खबरदाता

आज थपिए २७५३ संक्रमित

 

कार्तिक–२२, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार ४२३ नमुनाको परिक्षण गर्दा २ हजार ७५३ जना कोरोना संक्रमित थपिएका छन् ।

आज २ हजार ७५३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३५ हजार ४३५ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २८ हजार ९२० रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ५१५ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा ९२, काठमाण्डौं उपत्यकामा १५१२ जना
रहेका छन् । हाल देशभरमा ३६५ आईसियुमा छन् भने ७६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा २२०६ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ५५ हजार ११४ पुगेको छ । यो ८१ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १७ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १०८७ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक २२, २०७७, शनिवार ११:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८