• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

मानहुँकोटमा ओइरिए पर्यटक, बढ्यो संक्रमणको जोखिम


मानहुँकोटमा ओइरिए पर्यटक, बढ्यो संक्रमणको जोखिम

कार्तिक २२, २०७७
तनहुँ । तनहुँको ब्यास नगरपालिका–५ मा पर्ने मानहुँकोटमा आन्तरिक पर्यटक बढेँसँगै कोरोना संक्रमणको जोखिम बढेको छ । सदरमुकाम दमौलीलाई काखमा बोकेको मानहुँले यतिवेला पर्यटक भित्राएको छ । केहीवर्ष अघिसम्म मानहुँमा बाक्लो बस्ती थियो। जुन बस्ती मानहुँकोटको सिरानमा पुगेपछि मात्र देखिन्थ्यो। तलबाट हेर्दा त्यहाँ बस्ती भएको अनुमानसमेत गर्न सकिँदैन। सदरमुकाम र पृथ्वी राजमार्गबाट हेर्दा त कहालीलाग्दो भीरपखेरो मात्र देखिन्छ। सिरानमा बस्ती होला भन्ने अनुमानै गर्न सकिन्न।

ब्यास नगरपालिका–५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ भन्छन, ‘कोरोना भाइरस संक्रमणले यो बेला अन्यत्रका धेरै पर्यटन क्षेत्र सुस्ताए। तर, मानहुँले भने अहिलेसम्मकै ठुलो आकारमा पाहुना पाएर फड्को मारेको छ। मानहुँले यत्तिको धेरै संख्यामा मान्छे यसअघि कहिल्यै पाएको थिएन। ’ उनका अनुसार दसैं भन्दा केहीदिन अघिबाट आन्तरिक पाहुना मानहुँ उक्लिन थालेका थिए।

लम्जुङ, गोरखा, कास्की, चितवन, काठमाडौं, धरानका आन्तरिक पाहुना मानहुँ उक्लिरहेको उनले बताए। ‘पोखरा पुगेपनि घुम्ने ठाउँ यो पटक बन्द छन्। त्यसैले राजमार्ग छेउँको यो गन्तव्य तनहुँ हुँदै आउजाउ गर्नेले छुटाउन चाहेनन,’ उनले भने, ‘यति धेरै पाहुना उक्लिएर व्यवस्थापनमासमेत हम्मेहम्मे भयो। ठुलो संख्यामा पाहुना आएपछि सवारी व्यवस्थापनमा समेत जटिलता आयो। ’

मानहुकोट तनहुँमा आन्तरिक पाहुनाको भीडले कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ। ‘ साह्रै भीड भयो। बाहिरबाट पाहुना आउँदा गाउँमा संक्रमणको त्रास बढ्यो। यस्तै हो भने गाउँमा संक्रमण फैलिन केहि बेर नलाग्ने आज अबलोकनका लागि गएका एकले बताए।

स्थानीयबासि जोखिममा पर्ने खतरा भयो ।अरुतिरका पदमार्ग बन्द हुँदा यो पटक सोसियल मेडियामा भाईरल भएको मानहुकोटमा सोचेभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् अहिलेको यो बिषम परिस्थितिमा प्रशासनले केहि नसोच्ने हो भने कोरोनाले बिकराल रुप नलेला भन्न सकिन्न।

आउने पर्यटक पनि सुरक्षित हुनुपर्छ, गाउँले पनि सुरक्षित रहनुपर्छ। यस ठाँउमा पोखरा, चितवन क्षेत्रका युवाहरुको निकै भीडभाड बढेको छ। घुम्न आएकाहरु सुरक्षित भएर आएका छैनन् धेरै जसोको मुखमा माक्स छैन संक्रमण बढ्न सक्ने खतरा तिब्र छ सचेत हुनुपर्ने देखिन्छ।

  • प्रकाशित मिति : कात्तिक २२, २०७७, शनिवार ०८:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८