• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

अमेरिकी निर्बाचन- मतगणना जारी , बाइडन अगाडि


अमेरिकी निर्बाचन- मतगणना जारी , बाइडन अगाडि

 

कार्तिक २२,२०७७

राष्ट्रपति डोनल्ड ट्रम्पको निर्वाचन अभियान समूहले   विज्ञप्ति प्रकाशित गरेर यो निर्वाचन समाप्त नभएको बताएको छ।

जो बाइडन विजेता भएको प्रक्षेपण चार राज्यमा अन्तिम नभएको नतिजामा आधारित छ, अभियानका वकिल म्याट मोर्गनले भने।

मोर्गनले बिनाप्रमाण जोर्जिआमा मतपत्रहरू गलत तरिकाले ल्याइएकोु र पेन्सिल्भेनियामा पर्यवेक्षणहरूलाई  अर्थपूर्ण पहुँचु नदिइएको दाबी गरेका छन्।

मोर्गनले सञ्चारमाध्यमले आएको एरिजोनामा बाइडनले जित्ने प्रक्षेपणको खण्डन गर्दै नेभाडामा गलत रूपमा हजारौँ मतदान गरिएको दाबी गरे।

ह्वाइट हाउस दाबी गर्न बाइडनले यी राज्यका भर परेका छन् तर निर्वाचन सम्पन्न हुँदा राष्ट्रपति ट्रम्प पुनर्निर्वाचित हुनेछन्। मतदानमा व्यापाक अनियमितता भएको प्रमाण छैन र ट्रम्प समूहले पनि कुनै प्रमाण दिएको छैन।

अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ। जसमा डेमोक्र्याठ उम्मेदवार जो बाइडनले २५३ इलेक्टलर मत प्राप्त गरेका छन् भने डोनल्ड ट्रम्पले २१४ मत प्राप्त गरेका छन्।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टरल मत आवश्यक पर्छ। ट्रम्पले मतगणना रोक्न माग गर्दै चारवटा राज्यमा मुद्दा दायर गरेका छन्।  निर्वाचनमा धाँधली भएको आरोप दोहर्‍याई रहेका भएपनि उनले कुनै प्रमाण दिएका छैनन्। एरिजोना, जोर्जिआ, नेभाडा र पेन्सिल्भेनिया राज्यमा मतगणना भइरहेको छ। जोर्जिआ, एरिजोना र नेभाडामा बाइडनको झीनो अग्रता छ।

 

पेन्सिल्भेनियामा पनि बाइडनले ट्रम्पलाई पछाडि पारे

पेन्सिल्भेनिया राज्यका निर्वाचन अधिकारीहरूले दिएको ताजा मतगणनामा जो बाइडनले डोनल्ड ट्रम्पको अग्रता तोडेका छन्।त्यहाँको ९८ प्रतिशत मतगणना सकिँदा बाइडन ५,५८७ मतले अगाडि रहेका छन्।

बाइडनले त्यहाँ जिते भने त्यो उनलाई ह्वाइट हाउस पुर्‍याउन पर्याप्त हुनेछ। त्यहाँ जितेमा उनको २७३ इलेक्टरल मत हुनेछ।त्यहाँ शुरूदेखि ट्रम्पले अग्रता लिए पनि विश्लेषकहरूले हुलाकमार्फत् आएका मतले बाइडनलाई अगाडि बढाउने अपेक्षा गरेका थिए।

अब गन्न बाँकी पनि हुलाकमार्फत् आएका मत रहेकाले बाइडनको अग्रता कायमै रहन सक्ने आकलन छ। नतिजा आउन बाँकी रहेकामध्ये जोर्जिया, नेभाडा र एरिजोनामा बाइडनको अग्रता छ भने नोर्थ क्यारोलाइना र अलास्कामा ट्रम्पको अग्रता छ। नोर्थ क्यारोलाइनामा ट्रम्पले १.४ प्रतिशतले अग्रता लिएका छन् भने अलास्कामा ६२.९ प्रतिशत मत उनको पक्षमा गएको छ।  बिबिसी

 

  • प्रकाशित मिति : कात्तिक २२, २०७७, शनिवार ०३:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८