• माघ ११, २०८१, शुक्रवार Friday, 24 January, 2025

हैदरावादको भिडन्त अव दिल्लीसँग

  • खबरदाता

हैदरावादको भिडन्त अव दिल्लीसँग

कार्तिक २२,२०७७
यस सत्रको आइपिएलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटलसँगको दोस्रो क्वालीफायर खेल्ने भएको छ । शुक्रवार भएको खेलमा हैदरवादले रोयल च्यालेन्जर बंगलोरलाई ६ विकेटले पराजित गरेको हो ।

खराब अवस्थामा रहेको हैदरावाद इलिमिनेटर खेल्नु अघि प्ले अफ प्रवेश गरेका तिन वटा टोली माथि लगातार जित हात पार्दै प्ले अफ प्रवेश गरेको हो । बंगलोर भने लगातार पाँचौँ खेलमा पराजित भएको हो ।

बंगलोरले छाडेको १३२ रनको लक्ष्य पछ्याउन हैदरावादलाइ सहज भने भएन । राम्रो लयमा रहेका ऋद्ध मन साहको स्थानमा आएका प्रारम्भिक ब्याट्सम्यान श्रीवत्स गोस्वामी शून्यमा आउट भए पछि मनिस पाण्डे र डेभिड वार्नरले दोस्रो विकेटका लागि ४१ रनको साझेदारी गरे । पावर प्लेको अन्तिम ओभरमा सिराजले वार्नरलाई १७ रनमा आउट गरे पछि हैदरावाद ओरालो लागेको थियो । एडम जाम्पाले कसिलो बलिङ गर्दै ४ ओभरमा १२ न खर्चेर मनिष पाण्डेको विकेट लिए । यसै गरी,युजवेन्द्र चावलले ४ ओभरमै २४ रन खर्चेर प्रीयम गर्गलाई आउट गरे ।

सङ्कटमा देखिएको हैदरावादका लागि केन विलिम्सन र जेसन होल्डरले जितको बाटोमा लगे । यिनीहरूले पाँचौँ विकेटका लागि अविजित ६५ रनको साझेदारी गरे । होल्डरले २० बलमा २४ रन जोडे । विलिम्सनले ४४ बलमा ५० रन जोडे पछि हैदरावादले दुई बल बाँकी रहँदा लक्ष्य पुरा गरेको थियो । विलिम्सन खेलका म्यान अफ द म्याच घोषित भए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलोरले ७ विकेटको क्षतीमा १३१ रन बनायो । बंगलोरका लागि एबी डी भिलियर्सले ४३ बलमा ५६ रन जोडे । एरोन फीन्चले सुस्ता गतिमा खेल्दै ३० बलमा ३२ रन जोडे । होल्डरले दुई ओभरको पहिलो स्पेलमा नौ रन खर्चिँदै दुई विकेट लिए पछि बंगलोर सुरुवातमै धरमराएको थियो । डेथ ओभरमा पनि राम्रो रहेका होल्डरले ४ ओभरमा २५ रन खर्चिँदै तिन विकेट लिए ।

  • प्रकाशित मिति : कात्तिक २२, २०७७, शनिवार ०१:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८