• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

चीनद्धारा भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

  • खबरदाता

चीनद्धारा भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

 

कार्तिक २१ ,२०७७
भरतपुर । चीनले भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले सात हजार ६०० डलर ९९ लाख रुपैयाँ० बराबरको कोभिड १९ विरुद्ध लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको हो । सहयोग सामग्री ग्रहण गर्दै भरतपुर महानगर प्रमुख रेणु दाहालले प्राप्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार भरतपुर महानगरअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने बताउनुभयो।

यसअघि भरतपुर महानगरपालिकालाई चीनको गुर्मु सिटीले पनि स्वास्थ्य सामग्री सहयोग गरेको थियो । भरतपुर महानगर र चीनको गुर्मु सिटीबीच भगीनी सम्बन्ध कायम भएको छ ।

यसअघि मित्र राष्ट्र चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई १७ लाख रुर्पयाँ बराबरको सर्जीकल मास्क १० हजार थान, एन ९५ मास्क ९ सय ६० थान, पिपिई १ सय २० थान र थर्मल गन १ सय २० थान लगायतका सामाग्रीहरु भरतपुर महानगरपालिकालाई प्रदान गरेको थियो ।

यसैगरी मित्रराष्ट्र चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले पनि यसअघि भरतपुर महानगरपालिकालाई २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

  • प्रकाशित मिति : कात्तिक २१, २०७७, शुक्रवार १४:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८