• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

दिल्लीलाई हराउँदै मुम्बई फाइनलमा

  • खबरदाता

दिल्लीलाई  हराउँदै  मुम्बई फाइनलमा

कार्तिक २१,२०७७

दिल्ली क्यापिटललाई ५७ रनले हराउँदै मुम्बई इन्डियन यस सत्रको आइपिएल फाइनलमा प्रवेश गरेको छ । पराजित दिल्लीको अर्को एक मौका पाउने छ । सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर बंगलोरका बिच हुने खेलको विजेतासङ दिल्लीले खेल्ने छ ।

मुम्बईले छाडेको २०१ रनको लक्ष्य पछ्याएको दिल्ली ८ विकेटको क्षतीमा १४३ रनमा सीमित भयो । मुम्बईका जस प्रीत बुमराहले ४ ओभरमा १४ रन खर्चेर चार विकेट लिए । पहिलो ओभरमा ट्रेन्ट बोल्टले मेडन सहित पृथ्वी स र अजान्का रहनेको विकेट लिएका थिए ।

दोस्रो ओभरमा बुमराहले शिखर धवनलाई आउट गरे पछि दिल्लीले कुनै रन नजोडी तीन विकेट गुमाइसकेको थियो । ४१ रनमा ५ विकेट गुमाएको दिल्लीका लागि मार्कस स्टोनिस र अक्षर पटेलले छैटौँ विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । बुमराहले दोस्रो स्पेलमा यो साझेदारी भग गर्दै ४६ बलमा ६५ रन बनाएको स्टोनिसलाई आउट गरे भने लगत्तै डानियल साम्सलाई पनि आउट गरे ।

पटेलले ३३ बलमा ४२ रन जोडे । यी दुई पछि धरै रन बनाउने कासिगो रवाडाले १५ रन जोडे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई सुरुवात देखि नै आक्रामक रहेको थियो । मुम्बईले ५ विकेटको क्षतीमा २०० रन जोडेको थियो । पावर प्लेबाटै बलिङ गरेका रविचन्द्र आश्विनले ४ ओभरमा २९ रन खर्चिँदै तिन महत्त्वपूर्ण विकेट लिए पनि मुम्बई विकेटको दबाबमा नआई लगातार आक्रामक रहेको थियो ।

रोहित शर्मा एक बलको सामना गर्दै आउट भए पनि क्वीन्टन डी कक र सूर्य कुमार यादवले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । आठौँ ओभरमा कक ४० रनमा आउट हुँदा मुम्बईले ७८ रन जोडी सकेको थियो । यस पछि मुम्बई केही समय सुस्ताए पनि अन्तिम ५ ओभरमा इसन किसन र हार्दिक पाण्डे आक्रामक रहे । यादव भने ३८ बलमा ५१ रन बनाएर आउट भए । किसनले ३० बलमा ५५ रन जोडे भने पाण्डेले १४ बलमा ३७ रन प्रहार गरे । बुमराह खेलको म्यान अफ द म्याच घोषित भए ।

  • प्रकाशित मिति : कात्तिक २१, २०७७, शुक्रवार ०१:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८