• मंसिर २४, २०८१, सोमवार Monday, 09 December, 2024

वाइडेन जितको बाटोमा

  • खबरदाता

वाइडेन जितको बाटोमा

 

कार्तिक २०,२०७७
चार वर्ष अघि डोनाल्ड ट्रम्पले जित हात पारेको मिचिगन र विन्सकोसिनमा यस पटक जित हात पारे पछि पूर्व उपराष्ट्रपति जोसेफ आर वाइडेन अमेरिकाको नयाँ राष्ट्रपति बन्ने सम्भावना प्रबल भएको छ । डोनाल्ड ट्रम्पले पुन गणनाको माग गरेका छन् ।
मत गणनामा समेत अवरुद्ध हुँदै गनिँदै आइएको अमेरिकामा बुधवार रातीसम्म थुप्रै महत्त्वपूर्ण राज्यमा वाइडेनले साँघुरो अग्रता लिएका छन् । ट्रम्पले दोस्रो पटक जित हात पार्नका लागि आफूले अग्रता लिएका जर्जीया र पेन्सेल्भेनीयामा जित हात पारेर मात्र पुग्दैन वाइडेनको अग्रता रहेको राज्य मध्य कुनै एकमा आफूले जित्नु पर्ने छ । ट्रम्पको अग्रता रहेको जर्जीया र पेन्सेलभेनियमा वाइडेनले अग्रता साँघुरो बनाइरहेका छन् । एरिजोना र नेभाडामा वाइडेनको जित हात पारे भने धेरैले चासो पूर्वक हेरेको पेन्सेल्भेनियाको मत परिणाम अघि नै वाइडेनको जित निश्चित हुने छ ।
अहिलेसम्म वाइडेनले २५३ तथा ट्रम्पले २१४ इलेक्ट्रोल मत पाएका छन् । राष्ट्रपति हुन २७० इलेक्ट्रोल मत आवश्यक हुन्छ ।
ट्रम्पले भने मिचिगनको मत फेरी गणना गर्नु पर्ने दाबी गर्दै आएका छन् । साथै उनले यसका लागि अदालतसम्म पुग्ने चेतावनी पनि दिएका छन् । चार वर्ष अघि मिचिगनमा रहँदै आएको डेमोक्र्याटको पकड भत्काउँदै ट्रम्प राष्ट्रपति बनेका थिए । गन्न बाँकी रहेका पेन्सेल्भेनियामा डेमोक्र्याटको पकड रहेको ग्रामीण भेगको भएका कारण वाइडेनको जित सम्भावना अझ बलियो भइसकेको मानिन्छ ।
अहिले गणना भइरहेको एरिजोनामा वाइडेनले ५१ प्रतिशत र ट्रम्प ४७।६ विरुद्ध अग्रता लिइरहेका छन् । त्यहाँ ११ इलेक्ट्रोल मत छ । १६ मत रहेको जर्जीयामा ट्रम्पले ४९।९ र वाइडेन ४८।९ का विरुद्ध सहित अग्रता लिएका छन् । ६ इलेक्ट्रोल भोट रहेको नेभाडामा वाइडेन ४९।३ तथा ट्रम्पले ४८।७ प्रतिशत मत पाएका छन् । नर्थ क्यालोनामा ट्रम्प ५०।१ तथा वाइडेन ४८।७ प्रतिशत मत पाएका छन् । पेन्सेल्भेनियामा ट्रम्पले ५१।४ प्रतिशत तथा वाइडेनले ४७।४ प्रतिशत मत पाएका छन् । थुप्रे मत गन्न बाँकी रहेको या वाइडेनले जित्ने आकलन गरिएको छ । यो राज्यको मत परिणाम शुक्रवार अघि नआउने भएको छ ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७७, बिहीवार ०२:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८