• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

गैंडाकोटबाट हराएका दुई युवा मृत अवस्थामा भेटिए

  • खबरदाता

गैंडाकोटबाट हराएका दुई युवा मृत अवस्थामा भेटिए

कार्तिक १९ ,२०७७

गैंडाकोट । गैंडाकोट ३ जयश्री खोलाको रहमा दुई वटा शव फेला परेको छ ।
उक्त शव यस अघि गैंडाकोट २ बाट हराएका भनिएका दाजुभाई रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक चन्द्र बहादुर थापाले जानकारी दिए । शव मृतकका आफन्तले पहिचान गरेको समेत उनले बताए।

गैँडाकोट नगरपालिका वडा नं। २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल सोमबार विहानदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए । विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका थिए ।

पानी ल्याउन जयश्री खोलामा वाँधीएको बाँधबाट वनेको रह को किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को युवाको शव फेला परेको प्रहरी निरीक्षक थापाले बताए ।

जंगलमा घाँस दाउरा गर्न आउनेले शब देखेपछि वडाअध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेका थिए। त्यसपछी तिवारीले प्रहरीलाई खबर गरेका थिए।

कपडा र चप्पल खोलेर पाखामा राखेको र पौडी खेल्न पसेजस्तो देखिन्छ थापाले भने । अहिले घटनास्थल सुरक्षित राखिने र वाँकी प्रकृया भोलि विहान गरिने प्रहरी निरीक्षक थापाले बताए ।

  • प्रकाशित मिति : कात्तिक १९, २०७७, बुधवार १५:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८