• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

कोरोना संक्रमणबाट महरा पत्नी सीताको निधन


कोरोना संक्रमणबाट  महरा पत्नी सीताको निधन

 

कार्तिक -१९,२०७७

कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ ।

गृहजिल्ला  गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा उपचारका क्रममा  सीता महराको ५९ वर्षमा बुधबार बिहान ६ः१५ मा निधन भएको हो । उनी माइस्थेनिया नामक रोगबाटसमेत विगत १० वर्षदेखि पीडित थिइन् ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। अवस्था गम्भीर भएपछि गत कात्तिक १५ गतेदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

  • प्रकाशित मिति : कात्तिक १९, २०७७, बुधवार ०३:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८