• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

हैदरावाद प्लेअफमा

  • खबरदाता

हैदरावाद प्लेअफमा

कार्तिक १९,२०७७

सनराइजर्स हैदरावाद आइपिएलको प्ले अफमा प्रवेश गरेको छ । मङ्गलवार भएको खेलमा मुम्बई इन्डियनलाई १० विकेटले पराजित गर्दै हैदरावाद प्ले अफमा प्रवेश गरेको हो ।

शीर्ष स्थान हात पारिसकेको मुम्बईले हार्दिक पाण्डे,जस प्रीत बुमराह र ट्रेन्ट बोल्टलाई आराम दिएको थियो ।
मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरावादले १७।१ ओभरमा कुनै विकेट नगुमाई १५१ रन बनायो ।

डेभिड वार्नरले ८५ तथा ऋद्धि मन शाहले ५८ रन बनाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईलाई सस्तोमा समेट्ने क्रममा सह बाज नदिमले ४ ओभरमा १९ रन खर्चिँदै दुई विकेट लिए ।

सन्दीप शर्माले ४ ओभरमा ३४ रन खर्चेर तिन रन लिएका पारीमा मुम्बईले ८ विकेट गुमाउँदै १४९ रन जोडेको हो । किरोन पोलार्डले २५ बलमा ४१ रन बनाए ।

  • प्रकाशित मिति : कात्तिक १९, २०७७, बुधवार ०१:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८