कार्तिक–१८, २०७७
चितवन । पछिल्लो २४ घण्टामा ११ हजार १६६ नमुनाको परिक्षण गर्दा ३ हजार ११४ जना कोरोना संक्रमित थपिएका छन् ।
आज ३ हजार ११४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३७ हजार ४७६ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ३० हजार ६९४ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ७८२ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
यस्तै चितवनमा १२७, काठमाण्डौं उपत्यकामा १४६८ जना
रहेका छन् । हाल देशभरमा ३७२ आईसियुमा छन् भने ६८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा ३१४२ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । यो ७८।६ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा देशभरमा २० जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १००४ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८