• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवनमा ११ महिने शिशु सहित ४४ जनामा कोरोना पुष्टि

  • खबरदाता

चितवनमा ११ महिने शिशु सहित ४४ जनामा कोरोना  पुष्टि

 

कार्तिक १८, २०७७

चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

आइतबार गरिएको परिक्षणमा चितवनका ३५ सहित ४४ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

प्रयोगशालाका अनुसार भरतपुरका ११ पुरुष र १५ महिला गरि २६ जना, रत्ननगरका २ पुरुष र १ महिला गरि ३ जना, खैरहनिका २ पुरुष ,राप्तीका १ पुरुष र २ महिला गरि ३ जना र इच्छाकामनाका१ महिला समेत गरि ३५ जना रहेका छन।

यस्तै अन्य संक्रमित हुने हरुमा गोरखा ,धादिङ र नवलपरासीका ६ पुरुष र ३ महिला गरि ४९ जना रहेका छन।

संक्रमितहरु ११ महिना देखि ७२ बर्ष सम्मका रहेकोका छन।

भरतपुर अस्पताल र गैंडाकोट क्वारेन्टिनबाट संकलन गरिएका १४९ नमुनाको परिक्षण गर्दा १०५ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ४४ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

  • प्रकाशित मिति : कात्तिक १८, २०७७, मंगलवार ०१:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८