• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

दिल्ली शीर्ष दुईमा

  • खबरदाता

दिल्ली शीर्ष दुईमा

 

कार्तिक १८, २०७७

दिल्ली क्यापिटलले शीर्ष दुई स्थानमा रहँदै आइपिएलको लिग चरणको अन्त्य गरेको छ । दिल्लीले फाइनल प्रवेशका लागि मुम्बई इन्डियनसँग खेल्ने छ । मुम्बई इन्डियनसँगको खेलमा पराजित भएमा अर्को एक मौका पाउने छ । इलिमिनेटर खेलको विजेतासँग र मुम्बई र दिल्ली बिचको पराजित टोलीको बिचमा हुने खेलले फाइनल खेल्ने दोस्रो टोलीको टुङ्गो लाग्ने छ ।

सोमबार भएको खेलमा दिल्लीसँग ६ विकेटले पराजित हुनुका बाबजुद रोयल च्यालेन्जर बंगलोर पनि प्ले अफमा प्रवेश गरेको छ । प्ले अफको अन्तिम टोलीको टुङ्गो मङ्गलवार हुने मुम्बई इन्डियन र सनराइजर्स हैदरावाद बिचको खेलबाट लाग्ने छ । हैदरावाद विजयी भए प्ले अफ प्रवेश गर्ने छ । अन्यथा कलकत्ता प्रवेश गर्ने छ ।

सोमबारको खेलमा बंगलोरले दिएको १५३ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ४ विकेट गुमाएर १५४ रन बनायो । दिल्लीका अजान्का रहानेले ६९ तथा शिखर धवनले ५४ रन जोडे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलोरले ७ विकेटको क्षतीमा १५२ रन जोडेको थियो । बंगलोरका देवदत्त पाणीकलले ५० रन जोडे । ४ ओभरमा ३३ रन खर्चेर तिन विकेट लिएका एन्रीच र्नोत्जे म्यान अफ द म्याच घोषित भए ।

  • प्रकाशित मिति : कात्तिक १८, २०७७, मंगलवार ०१:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८